शिवाकोटीको 'समिति' ले बुझायो प्रतिवेदन : नयाँ स्टक एक्सचेन्जको लाइसेन्स दिने बाटो खुल्यो

बिजपाटी संवाददाता

बिजपाटी संवाददाता

Apr 27, 2024 | 10:41:36 PM मा प्रकाशित

laxmi  sunrise bank

नयाँ स्टक एक्सचेन्ज सम्बन्धि प्रतिवेदन पेश गरिएको छ। यस सम्बन्धि अध्ययन गर्न बनेको समितिले प्रधानमन्त्री पुष्पकमल दाहाललाई प्रतिवेदन बुझाएको हो। अहिलेको स्टक एक्सचेन्ज, नेप्से लाई थप मजबुत बनाउदै नयाँ स्टक एक्सचेन्जको लाइसेन्स प्रदान गर्नलाई सुझाव दिईएको स्रोतले जनाएको छ। स्रोतकाअनुसार प्रतिवेदनको सुझावअनुसार अब सरकारलाई नयाँ स्टक एक्सचेन्ज दिने बाटो खुलेको छ। 

नयाँ स्टक एक्सचेन्जको लाइसेन्सबारे विवाद बढेपछि सरकारले नेपाल राष्ट्र बैंकका पुर्व डेपुटी गभर्नर तथा बहालवाला संचालक चिन्तामणि शिवाकोटीको संयोजकत्वमा अधिवक्ता सिजन गुरागाई र चाटर्ड एकान्टेन्ट सुजनकुमार आचार्य सहितको तीन सदस्स्यीय अध्ययन समिति बनाएको थियो। नयाँ स्टक सम्बन्धि अध्ययन गर्न माघ ९ गते मन्त्रिपरिषदको बैठकले एक समिति गठन गरेको थियो ।

सोहि समितिले झन्डै दुई महिना लगाएर गत बिहिबार बैशाख १३ गते प्रधानमन्त्री पुष्प कमल दाहाल प्रचण्डलाई प्रतिवेदन बुझाएको हो। सुरुमा समितिलाई एक महिनाको समय दिईएको थियो। 

नयाँ स्टक एक्सचेन्जको लाइसेन्सलाई लिएर पछिल्लो डेढ दुई वर्षयता शेयर बजारमा प्रभावित हुँदै आएको छ। स्टक एक्सचेन्जको लाइसेन्सकै बिषयलाई जोडेर लामोसमय देखि नेपाल धितोपत्र बोर्ड समेत नेतृत्त्व बिहिन अवस्थामा पुगेको छ। 


Share Your Thoughts

Recent News


Main News

Close in 7


Bizpati.com © 2020. All Rights Reserved