बैंक अफ काठमान्डूलाई ब्यापार बिस्तारमा सकस, यस बर्ष लाभांश क्षमता कति ?

मोहम्मद अज्मत अलि

मोहम्मद अज्मत अलि

May 07, 2019 | 12:04:16 PM मा प्रकाशित

laxmi  sunrise bank

बैंक अफ काठमान्डू Bank of Kathmandu Limited  ले चालू आर्थिक बर्षको तेस्रो त्रैमाससम्म उल्लेख्य प्रगति गरेको वित्तीय विवरण सार्वजनिक गरेको छ। बैंकले यस अवधीमा करिब ३० प्रतिशतले बढाएर १ अर्ब २० करोड खुद मुनाफा गरेको छ। गत आर्थिक बर्षको यस अवधिमा बैंकले ९३ करोड ५ लाख मात्रै खुद मुनाफा गरेको थियो। 

बैंकको निक्षेप संकलन तथा कर्जा बिस्तारमा सामान्य प्रगति देखिएको छ। उसले करिब ६ प्रतिशतले बढाएर ८१ अर्ब १३ करोड निक्षेप संकलन गरेको छ भने ८।३२ प्रतिशतले बढाएर ७१ अर्ब २६ करोड कर्जा प्रवाह गरेको छ। त्यस्तै बैंकको मुख्य आम्दानी मानिने खुद ब्याज आम्दानी करिब ३३ प्रतिशतले बढेर २ अर्ब ६ करोडबाट २ अर्ब ७३ करोड पुगेको छ।   

नेपाल फाइनान्सीयल रिपोर्टिङ स्टान्डर्ड (एनएफआरएस) अनुसार विभिन्न शिर्षकहरुमा ४६ करोड ६२ लाख रुपैयाँ व्यवस्था गरे पश्चात बैंकको बितरण योग्य मुनाफा ७३ करोड ३८ लाख छ। 

चालु आर्थिक वर्षको ९ महिना अवधिको वितरणयोग्य नाफाको अनुसार बैंकले शेयरधनीलाई करिब १३ प्रतिशत लाभांश वितरण गर्न सक्दछ।  राष्ट्र बैंकले तोकेको व्यवस्था अनुरुपको व्यवस्था पश्चात कायम हुने फ्रि प्रोफिट बैंकले शेयरधनीलाई लाभांश वितरणमा उपयोग गर्न सक्दछ। यद्दपी यस आर्थिक बर्षको कमाईबाट अन्य शिर्षकमा व्यवस्थापन गर्न नपरेको अवस्थामा र अहिलेकै प्रगतिलाई कायम राखेको अवस्थामा बैंकको यस बर्षको लाभांश क्षमता झन्डै १२ प्रतिशत पुग्न सक्छ।

यसअवधिमा बैंकको प्रति सेयर आम्दानी १९ रुपैयाँ ९२ पैसा, प्रति सेयर नेटवर्थ १५९ रुपैयाँ ९२ पैसा, र मुल्य आम्दानीको अनुपात १३ दशमलब २५ गुणा रहेको छ। 

बाँकी महत्त्वपूर्ण विवरण टेबलमा हेर्नुहोस:


Share Your Thoughts

Recent News

Main News

Close in 7


Bizpati.com © 2020. All Rights Reserved