मरेपनि भुल्ने छैन बात पियारीको।
समाऊनै नपाएनी हात पियारीको॥
मनपरेको मान्छेले त जे गरेनी सहिँदो रैछ।
चुम्बन लाग्छ हानेपनि लात पियारीको॥
मृग नयनी गाजलु ती स्वार्थ लुट्ने नजरहरु ।
भौतिकताले ऊम्लेको त्यो मात पियारीको॥
समान थियो दृष्टि मेरो आफ्नै सोच्या थिएँ।
आईमाई भन्ऩे जनाई गईन जात पियारीको॥
विगतका पलहरु ती मुटु जलाई राछन्।
'घायल' बनाउने तिरस्कार र घात मायालुको।।
निसान्त गिरी (सिबु)
सिन्धुपाल्चोक ५-साँगाचोक
हाल : कतार