गुल्मी र उदयपुरमा दुर्घटना: मृतकको संख्या ११ पुग्यो

मोहम्मद अज्मत अलि/बिजपाटी

मोहम्मद अज्मत अलि/बिजपाटी

Oct 30, 2017 | 01:14:28 PM मा प्रकाशित

laxmi  sunrise bank

गुल्मीको गुल्मीदरबार गाउँपालिका-४ मा माइक्रो दुर्घटना भएको छ। बुटवलबाट तम्घासका लागि छुटेको बा ४ ख ५५०१ नं. को माइक्रोबस दुर्घटनाग्रस्त भएको जनाइएको छ। 

स्थानीयका अनुसार माइक्रोबस भिरबाट करिब ३०० मिटर तल खसेको छ। माइक्रोबसमा चालकसहित १३ यात्रु रहेको बताइएको छ। दुर्घटनामा ७ जनाको मृत्यु भएको छ ।

अहिले त्यहाँ स्थानीय र प्रहरीले उद्धारको काम गरिरहेको छ । प्रारम्भिक जानकारी अनुसार माइक्रोबस अर्को गाडीसंग ठोक्किएर दुर्घटना भएको हो। 

त्यस्तै 

उदयपुरको कटारीबाट ओखलढुंगा सदरमुकाम जाँदै गरेको सुमो जीप दुर्घटनामा परेको छ। उदयपुरमा भएको दुर्घटनामा ४ जनाको मृत्यु भएको छ।कटारीबाट ओखलढुंगा जाँदै गरेको ना १ ज ३४०४ नम्बरको टाटा सुमो लप्से भन्जाङमा दुर्घटना भएको हो । त्यहा पनि उद्धारको कार्य जारी छ।

स्थानीयवासीले ४ जनाको मृत्यु भएको जानकारी दिए पनि जिल्ला प्रहरी कार्यालय उदयपुरका प्रमुख एसपी नवराज भट्टले त्यसको पुष्टि गर्न नसकिने बताएका छन। 



Share Your Thoughts

Recent News

Main News

Close in 7


Bizpati.com © 2020. All Rights Reserved