मनोनयन दर्ता गराएका उम्मेद्वारको बिरोधमा आज उजुरी दिन सकिने

मोहम्मद अज्मत अलि

मोहम्मद अज्मत अलि

Nov 03, 2017 | 08:35:51 AM मा प्रकाशित

laxmi  sunrise bank

दोस्रो चरणमा आगामी मङ्सिर २१  गते हुने प्रतिनिधिसभा तथा प्रदेशसभा सदस्य निर्वाचनका लागि  ४५ जिल्लामा बिहिबार मनोनयन दर्ता सम्पन्न भएको छ  ।  मनोनयन दर्ता गराएका उम्मेद्वारको बिरोधमा आज शुक्रबार उजुरी दिन सक्ने कार्यतालिका छ । सम्बन्धित मुख्य निर्वाचन अधिकृतको कार्यालयमा गएर उम्मेद्वारको बिरोधमा उजुरी दिन सकिने छ  । आयोगका अनुसार बिहान १० बजेदेखि साँझ ५ बजेसम्म उजुरी दिन सकिने छ । 

 कात्तिक १८ गते मनोनयनपत्र र उजूरीमाथि जाँचबूझ गरी उम्मेदवारको नामावली प्रकाशन गर्ने कार्यक्रम रहेको छ । यसैगरी, कात्तिक १९ गते उम्मेदवारले नाम फिर्ता लिने कार्य सम्पन्न भएपछि उम्मेदवारको अन्तिम नामावली प्रकाशन गरी उम्मेदवारलाई निर्वाचन चिन्ह प्रदान गर्ने कार्यक्रम रहेको जनाइएको छ। उम्मेदवारहरूले निर्वाचन चिह्न प्राप्त गरेपछि औपचारिकरूपमा चुनावी प्रचारप्रसारको अवधि शुरू हुने छ । 

दोस्रो चरणमा ४५ जिल्लाका प्रतिनिधिसभातर्फ १२८ निर्वाचन क्षेत्र र प्रदेशसभातर्फ २५६ निर्वाचन क्षेत्रमा निर्वाचन हुदै छ । 

 पहिलो चरणमा  ३२ जिल्लामा मङ्सिर १० गते निर्वाचन हुँदैछ ।

Share Your Thoughts

Recent News


Main News

Close in 7


Bizpati.com © 2020. All Rights Reserved