अर्थशास्त्रमा स्नातक गरेका श्रेष्ठ बने प्रदेश ३ का सभामुख, यस्तो छ शिक्षकदेखि सभामुखको संघर्षयात्रा…

मोहम्मद अज्मत अलि/बिजपाटी

मोहम्मद अज्मत अलि/बिजपाटी

Feb 10, 2018 | 04:39:22 PM मा प्रकाशित

laxmi  sunrise bank

प्रदेश ३ को सभामुखमा एमालेका सानुकुमार श्रेष्ठ निर्विरोध निर्वाचित भएका छन् । श्रेष्ठको मात्रै सभामुखमा उम्मेदवारी परेपछि उनी निर्विरोध भएका हुन् । उम्मेदवारी दर्ताका लागि दिउँसो १ बजेसम्म समय तोकिएको थियो ।

श्रेष्ठ काठमाडौं क्षेत्र नम्बर २ ‘क’ बाट प्रदेश सभामा निर्वाचित भएका हुन् ।  एमाले वैकल्पिक पोलिब्यूरो सदस्य एवंं उपत्यका इन्चार्ज  समेत रहेका श्रेष्ठ  काठमार्डौ जिल्ला विकास समिति पूर्व सभापति रहेका थिए । 

स्थायी शिक्षकको जागिर छाडेर पूर्णकालीन राजनीतिमा होमिएको तीन दशकपछि सानुकुमार श्रेष्ठ प्रदेशसभा सदस्य हुँदै प्रदेश सभामुख बनेका छन् ।हाल सानुकुमार एमालेको वैकल्पिक पोलिटब्युरो सदस्य, उपत्यका इञ्चार्ज र प्रदेशको प्रचार विभाग प्रमुख हुन् । सभामुख भएपछि पार्टीको जिम्मेवारी के गर्ने भन्नेबारे निर्णय भइसकेको छैन ।

वि.सं. २०१६ मा कीर्तिपुरको मच्छेगाउँमा जन्मिएका श्रेष्ठ हाल नरेफाँट (कोटेश्वर) मा बस्छन् । उनले अर्थशास्त्रमा स्नातक तथा राजनीतिशास्त्रमा स्नातकोत्तरसम्मको अध्ययन गरेका छन् । श्रेष्ठ वि.सं. २०३४ मा भूमिगत नेकपा (माले) बाट कम्युनिस्ट राजनीतिमा लागेका हुन् । त्यसयता उनी निरन्तर कम्युनिस्ट आन्दोलनमै छन् ।

विद्यार्थीकाल र पीपलबोट अनसन (२०३७) मा गरी पटक–पटक जेलनेल भोगेका श्रेष्ठले पञ्चायतकालमा पद्मरत्न तुलाधरको विजय जुलुसमा पञ्चायत पक्षधरको निर्मम कुटाई र यातना समेत खाएका थिए । 

काठमाडौं जिल्ला विकास समितिका पूर्वसभापति समेत रहिसकेका श्रेष्ठ २०६४ को पहिलो संविधानसभा निर्वाचनमा काठमाडौं– १० मा माओवादी अध्यक्ष प्रचण्डका प्रतिस्पर्धी भइ पराजित भएका थिए ।

श्रेष्ठले आफ्नो क्षेत्रमा एकीकृत वाग्मती सभ्यताको विकास, ग्रिनबेल्ट निर्माण, सुकुम्बासी व्यवस्थापन, अस्पताल विकास र शिक्षामा सुलभताजस्ता मुद्दा उठाएका छन् । वाग्मतीमा झोलुङ्गे पुल विस्थापन गरी पक्की पुलको निर्माण, करिडोर विकास, केवल बस सेवा पनि उनका थप मुद्धा हुन् । सभामुखका रुपमा अब ती काम पूरा गर्न पहल गर्ने प्रण उनले गरेका छन् ।

Share Your Thoughts

Recent News

Main News

Close in 7


Bizpati.com © 2020. All Rights Reserved