नेपालको व्यापार घाटा न्यूनीकरण गर्ने बिषयमा ठोस कुराकानी: प्रम

मोहम्मद अज्मत अलि/बिजपाटी

मोहम्मद अज्मत अलि/बिजपाटी

Apr 08, 2018 | 07:53:25 PM मा प्रकाशित

laxmi  sunrise bank

प्रधानमन्त्री केपी शर्मा ओली भारतको तीन दिने राजकीय भ्रमण सकेर आज स्वदेश फर्केका छन। भारतको भ्रमण सकेर स्वदेश फर्किएका प्रधानमन्त्री ओलीले नेपालको लोकतान्त्रिक अभियानलाई भारतले स्वागत गरेको बताएका छन।

भारत भ्रमणको क्रममा भएका सहमति र उपलब्धि बारे जानकारी दिन त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा आयोजना गरिएको पत्रकार सम्मेलनमा परराष्ट्रमन्त्री प्रदीप ज्ञवालीले प्रधानमन्त्री ओलीको वक्तव्य सुनाउँदै दुवै देशबीच विश्वासको वातावरण बनेको उल्लेख गरेका हुन। 

'भारतका प्रधानमन्त्री नरेन्द्र मोदीसँग भएको औपचारिक वार्तामा विगतमा भएका सम्झौता र सन्धि कार्यान्वयनका पक्षमा हामीले जोड दिएका छौं।' वक्तब्यमा भनिएको छ।

त्यस्तै, विषयगत रुपमा नेपालको व्यापार घाटा न्यूनीकरण गर्ने र पञ्चेश्वर परियोजना अघि बढाउने विषयमा ठोस कुराकानी भएको उल्लेख गरिएको छ। सम्बन्धमा यथार्थता चाहेको नेपालका कदमको भारतले खुलेर स्वीकार गरिएको बताइएको छ। त्यस्तै सीमा विवाद र डुबानको समस्यामा भारत अघि बढ्न सहमत भएको बताएइको छ।     

प्रधानमन्त्री ओली गत शुक्रबार भारत भ्रमणमा गएका थिए। भारत भ्रमणको क्रममा प्रधानमन्त्री ओलीले भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीसंग दुई पटक भेट गरेका थिए। ५४ सदस्यीय भ्रमण टोलीको नेतृत्व गर्दै भारत भ्रमणमा गएका प्रधानमन्त्री ओलीले त्यहाँ रहंदा महत्त्वपूर्ण भेटघाट गरेका थिए। विभिन्न समुहहरुसंगको भेटमा प्रधानमन्त्री ओलीले नेपालमा लगानी बढाउन आग्रह गरेका थिए।   

तस्विर: रासस 


Share Your Thoughts

Recent News

Main News

Close in 7


Bizpati.com © 2020. All Rights Reserved