वित्तीय व्यवस्थापनका लागि बिश्व बैंकको १० अर्ब स्वीकार गर्ने सरकारको निर्णय

मोहम्मद अज्मत अलि/बिजपाटी

मोहम्मद अज्मत अलि/बिजपाटी

Apr 10, 2018 | 11:54:51 AM मा प्रकाशित

laxmi  sunrise bank

प्रधानमन्त्री निवास बालुवाटारमा मंगलबार बसेको मन्त्रिपरिषदको बैठकले वित्तीय व्यवस्थापनका लागि बिश्व बैकको १० अर्ब रुपैयाँ स्वीकार गर्ने निर्णय गरेको छ।

राष्ट्रिय बिद्यार्थी भर्ना अभियानलाई प्रभाबकारी बनाउन शसक्त रुपमा अभियान संचालन गर्ने निर्णय भएको छ। बिद्यालयको दायराबाट बाहिर रहेका बालबालिकालाई बिद्यालयमा ल्याउन 'एक व्यक्ति एक विद्यार्थी भर्ना' गर्न राज्यका सबै तहका व्यक्ति, मन्त्री, जनप्रतिनिधिहरु र नागरिक समाजलाई आह्वान गर्ने निर्णय गरेको छ।  

त्यस्तै कानुन मन्त्रालयमा कामु सचिवको रुपमा रहेका डिल्लीराज घिमिरेलाई प्रधानमन्त्री कार्यालयमा बढुवा गर्दै सरुवा गरिएको कानुनमन्त्री शेरबहादुर तमाङले बताएका छन। 

सबैको चाँसोको रुपमा रहेको र आजको मन्त्रिपरिषदले निर्णय गर्छ भनि अपेक्षा गरिएको प्रहरी महानिरीक्षक नियुक्त सम्बन्धी निर्णय हुन सकेन। चैत २९ देखि बहालवाला प्रहरी महानिरीक्षक प्रकाश अर्यालले अनिवार्य अवकाश पाउँदैछन। 

त्यस्तै आजकै बैठकबाट निर्णय हुन्छ भनिएको सशस्त्र प्रहरी बलको आइजिपी नियुक्ति प्रक्रिया अगाडी बढेन। सशस्त्र प्रहरीका महानिरीक्षकले पनि बुधबार अर्थात चैत २९ देखि नै स्वत: अवकाश पाउँदैछन। आजै अर्को बैठक बसेर आइजिपी नियुक्ति गर्ने सम्भावना छ।        


 

Share Your Thoughts

Recent News

Main News

Close in 7


Bizpati.com © 2020. All Rights Reserved