यस्ता छन् बुधबार बसेको मन्त्रिपरिषद्को बैठकका निर्णयहरु, पीडितलाई १ लाख राहत

शिव धिताल/बिजपाटी

शिव धिताल/बिजपाटी

May 09, 2018 | 07:29:00 PM मा प्रकाशित

laxmi  sunrise bank

सरकारले प्राकृतिक विपत्तिमा परी ज्यान गुमाएको परिवारलाई राहत स्वरुप १ लाख नगद र आवास निर्माणका लागि तत्काल २ बण्डल  जस्ता उपलब्ध गराउने भएको छ  । आज बुधबार बसेको मन्त्रिपरिषद्को बैठकले मंगलबारको हावाहुरीबाट मृत्यु भएकाको परिवारलाई  १ लाख रुपैयाँ राहत दिने निर्णय गरेको हो । 

त्यसैगरी सरकारले गत असार, साउनमा बाढि र डुवानमा परेकाहरुलाई राहत दिन १ अरब रकम निकासा पनि गरेको छ । 

बैठकले मंगलबार राति तराईका  धनुषा, महोतरी र सिरहा जिल्लामा परेको भिषण असिना पानी र हावाहुरीले पु¥र्याएको धनजनको क्षतिप्रति गहिरो दुःख व्यक्त गरेको छ । 

सरकारले ‘सार्वजनिक खर्चमा मितव्ययिता र प्रभावकारिता कायम गर्नेसम्बन्धि नीतिगत मार्गदर्शन, २०७५’ लाई पनि स्विकृत गरेको छ । विकास, निर्माणको काममा बजेट बढाउन र उनुत्पादक क्षेत्रको खर्च कटौति गर्ने उद्देश्यका साथ यो मार्गदर्शन ल्याएको सरकारका प्रबक्ता एवम सूचना तथा संचार राज्यमन्त्री गोकुल बास्कोटाले जानकारी दिए । 

Share Your Thoughts

Recent News

Main News

Close in 7


Bizpati.com © 2020. All Rights Reserved