म्याच फिक्सिङमा मुछिएका फुटबलर केसी सहित ६ पक्राउ, क्रिकेटमा बेटिङ गरेको आरोप

शिव धिताल/बिजपाटी

शिव धिताल/बिजपाटी

May 29, 2018 | 10:39:01 AM मा प्रकाशित

laxmi  sunrise bank

अवैध रुपमा क्रिकेटको अनलाइन बेटिङ (सट्टेबाजी) गरेको आरोपमा नेपाली फूटबल टीमका पूर्व खेलाडी तथा प्रशिक्षक अन्जन केसीसहित ६ जना पक्राउ परेका छन् । महानगरीय प्रहरी परिसर काठमाडौंको टोलीले  सोमबार उपत्यकाको विभिन्न स्थानबाट पूर्व राष्ट्रिय खेलाडी केसी सहित ६ जनालाई पक्राउ गरेको हो। पक्राउ पर्नेमा गौरव तिवारी, दिनेश बोगटी, नरेन्द्र सुवाल, विजय श्रेष्ठ लगायत रहेका छन्।

उनीहरुले अहिले जारी क्रिकेट र फुटबलका खेलहरुमा जित, हार, रन, विकेट र गोलका आधारमा अबैध रुपमा अनलाईनमा जुवा खेलाउने गरेको आरोप लागेको छ। उनीहरुले अन्तर्राष्ट्रिय गिरोहको सहयोगमा करोडौंको बाजी लगाउने गरेको प्रहरीको आशंका छ। पक्राउ परेकाहरूको साथबाट जुवा खेलाउन प्रयोग भएको मोबाइल, ल्यापटप र नगद बरामद भएकाे छ । उनीहरूमाथि जुवा एेन र ठगी अन्तरगत मुद्दा चल्ने प्रहरीले जनाएको छ ।

केसी यस अघि पनि  म्याच फिक्सिङको आरोपमा पक्राउ परी धरौटीमा छुटेका हुन्  । केसीविरुद्ध विशेष अदालतमा नेपाली फुटबलको म्याच फिक्सिङ मुद्दा विचाराधीन छ ।

Share Your Thoughts

Recent News

Main News

Close in 7


Bizpati.com © 2020. All Rights Reserved