यस्ता छन् आजको मन्त्रीपरिषद् बैठकका निर्णय

निरोज कुमार थापा

निरोज कुमार थापा

Jun 03, 2018 | 02:59:39 PM मा प्रकाशित

laxmi  sunrise bank

नेपालले बहुक्षेत्रीय प्राविधिक तथा आर्थिक सहयोगका लागि बंगाल खाडीको प्रयास (बिमस्टेक) संगठनको चौथो शिखर सम्मेलन नेपालमा गर्न प्रस्ताव गर्ने भएको छ । आईतबार बसेको मन्त्रिपरिषद बैठकले बिमस्टेकका सदस्य राष्ट्रहरुलाई आगामी भदौ दोश्रो या तेश्रो हप्ता चौथो शिखर सम्मेलन गर्ने प्रस्ताव राख्ने निर्णय गरेको हो । 

भौतिक पूर्वाधार तथा यातायातमन्त्री रघुवीर महासेठले आजको बैठकले बिमस्टेकको चौथो शिखर सम्मेलन नेपालमा गर्न प्रस्ताव गर्ने निर्णय गरेको जानकारी दिए । 

त्यस्तै बैठकले विद्यार्थी भर्ना अभियानलाई फेरि दोहोर्याउने निर्णय गरेको छ । बैठकले यस अघि शैक्षिक सत्र सुरु हुनासाथ थालिएको विद्यार्थी भर्ना अभियान सफल भएको भन्दै विद्यालयको पहुँचभन्दा बाहिर भएका सबै बालबालिकालाई विद्यालयमा ल्याउने उदेश्यका साथ सरकारले अभियानलाई पुनः सञ्चालन गर्ने निर्णय गरेको हो । 

विद्यार्थी भर्ना अभियान सञ्चालन गर्दा ३ लाख बालबालिका विद्यालय बाहिर रहेकोमा अहिले ५४ हजार मात्रै बाहिर रहेको सरकारको तथ्याङ्क छ । यस अघि २ पटक सञ्चालन गरिएको भर्ना अभियानमा २ लाख ४६ हजार बालिबालिकालाई विद्यालय भर्ना गराईएको बताईएको छ । बाँकी ५४ हजारलाई लक्षित गरी फेरि अभियान सञ्चालन गर्न लागिएको हो । 

यस अघिको अभियानमा सबैभन्दा धेरै बालबालिका २ नम्बर प्रदेशबाट विद्यालय भर्ना भएका थिए । प्रधानमन्त्री केपी शर्मा ओलीले कर्णालीकी एक बालिकालाई विद्यालयमा भर्ना गराएर अभियानको थालनी गरेका थिए । 

बैठकले काठमाडौं–तराई फाष्ट ट्रयाकको कामलाई थप तिव्रता दिनका लागि सम्बन्धित समितिलाई अनुगमन गर्न निर्देशन दिएको छ । 


Share Your Thoughts

Recent News

Main News

Close in 7


Bizpati.com © 2020. All Rights Reserved