विवादास्पद अभिव्यक्ति दिएका कानुनमन्त्री तामाङद्वारा राजीनामाको घोषणा

शिव धिताल/बिजपाटी

शिव धिताल/बिजपाटी

Jul 24, 2018 | 03:16:05 PM मा प्रकाशित

laxmi  sunrise bank

बंगलादेशमा डाक्टरी पढ्न जाने विद्यार्थीको बारेमा दिएको अभिव्यक्तिका आलोचित बनेका कानुन तथा संसदीय मामिला मन्त्री शेरबहादुर तामाङले राजिनामा घोषणा गरेका छन् । केही दिन अघि उनले एक कार्यक्रममा बंगलादेशमा डाक्टरी पढ्न जाने छात्राहरुले सर्टिफिकेटका लागि आफ्नो अस्मिता सुम्पनु पर्ने अभिव्यक्ति दिएका थिए । यसै कारण उनी विवादमा तानिएका थिए ।

उनले भनेका थिए 'बंगलादेशमा हाम्रा छोरी/चेलीहरु डाक्टर पढ्न जानुहुन्छ भने डाक्टरको सर्टिफिकेट लिनको लागि उसले कहीँ न कहीँ आफूलाई बेच्नैपर्छ। ...मैले सुनेको छु उनीहरुले त्यहाँ आफूलाई नसुम्पिकन सर्टिफिकेट प्राप्त गरिरहेको स्थिति छैन’।

आलोचना र विवाद बढेपछि आज पत्रकार सम्मेलन गर्दै उनले राजिनामाको घोषणा गरेका हुन् । उनले आफ्नो पदभन्दा ठुलो आफ्नो प्रतिष्ठा रहेको भन्दै नैतिकताको आधारमा प्रधानमन्त्री समक्ष राजिनामा बुझाएको जानकारी पत्रकार सम्मलेनमा दिएका हुन् ।

Share Your Thoughts

Recent News

Main News

Close in 7


Bizpati.com © 2020. All Rights Reserved