सर्वसाधारणको ढाड सेक्दै निगम, खाना पकाउने एलपी ग्यास ३ बर्ष यता कै महँगो

शिव धिताल/बिजपाटी

शिव धिताल/बिजपाटी

Sep 06, 2018 | 08:42:39 AM मा प्रकाशित

laxmi  sunrise bank

नेपाल आयल निगमले बुधबार पट्रोलियम पदार्थको मूल्य वृद्धि गरेपछि खाना पकाउने एलपी ग्यास ३ बर्ष यता कै महँगो भएको छ  ।  निगमले बुधबार  पेट्रोलमा  रु १, डिजेल तथा  मट्टितेलमा रु  ३  बृद्धि गर्ने निर्णय गरेको हो। यस्तै ग्यासमा पनि  प्रति सिलिन्डर  रु  २५ बृद्धि भएको निगमले जनाएको छ । 

नयाँ मूल्यअनुसार पेट्रोल प्रति लिटर १ सय १२, डिजेल र मट्टीतेल प्रतिलिटर ९८ रुपैयाँमा बिक्रिवितरण हुने छ। त्यस्तै खाना पकाउने एलपी ग्यासको नयाँ मूल्य प्रति सिलिन्डर  १ हजार ४ सय रुपैयाँ कायम भएको  छ। 

मूल्य वृद्धि  संगै एलपी ग्यास ३ बर्ष यता कै महँगो भएको हो । यस अघि ग्यासको मूल्य २०७२ भदौ १५ मा प्रति सिलिन्डर १४ सय पुगेको थियो । त्यसपछि ३ बर्षको अन्तरलमा पहिलो पटक अहिले ग्यासको मूल्य १४ सय रुपैयाँ पुगेको हो । 

बढेको मूल्य बुधबार मध्यरातदेखि नै लागु भईसकेको छ । 

यो पनि : 

डिजेल र मट्टीतेल ४५ महिना यता कै महँगो


Share Your Thoughts

Recent News

Main News

Close in 7


Bizpati.com © 2020. All Rights Reserved