पप्पु कन्स्ट्रक्सनका प्रमुख रौनियार सहित १२ बिरुद्द भ्रष्ट्राचार मुद्दा (सुचीसहित)

शिव धिताल/बिजपाटी

शिव धिताल/बिजपाटी

Oct 05, 2018 | 03:57:28 PM मा प्रकाशित

laxmi  sunrise bank

अख्तियार दुरुपयोग अनुसन्धान आयोगले पप्पु कन्स्ट्रक्सनका अध्यक्ष सहित १२ जना बिरुद्द बिशेष अदालतमा भ्रष्ट्राचार मुद्दा दायर गरेको छ। आयोगले पप्पु कन्स्ट्रक्सनबाट बर्दिया सदरमुकाम गुलरिया र बारबर्दिया नगरपालिका जोड्ने जब्दीघाटको बबई पुल निर्माणमा भ्रष्ट्राचार भएको ठहर गर्दै मुद्दा दायर गरेको हो । 

आयोगले पप्पु कन्स्ट्रक्सनका तत्कालिन अध्यक्ष एवम सांसद हरिनारायण रौनियार, हालका अध्यक्ष सुमित रौनियारसंग कुल ३८ करोड ६४ लाख बिगो माग गरेको छ ।

निर्माण अवधिमा संलग्न सबै प्राविधिक कर्मचारीहरुबाट लाईन लेभल तथा Pier Height को सम्बन्धमा भएको गम्भीर लापरवाहीलाई नसच्याई त्रुटीपूर्ण कार्यलाई स्वीकार गरी गुपचुप रुपमा कार्य गरेको अख्तियारले जनाएको छ ।  फिल्डको नाँपजाँच हचुवाको भरमा गरेको, निर्माण सामाग्रीहरुको गुणस्तर नियन्त्रण प्रभावकारी नभएको तथा गुणस्तर प्रमाणित नभइकन नै भुक्तानी सिफारिस गरेको, लोड लिन नसकी पुल भास्सिएको अख्तियारले गरेको अनुसन्धानबाट खुल्न आएको छ ।

 गम्भीर लापरवाहीलाई स्वीकार गरी गुपचुप रुपमा कार्य गरेको देखिँदा उक्त कार्यमा निर्माण व्यवसायी तथा निर्माण अवधिमा संलग्न सम्पूर्ण प्राविधिक कर्मचारीहरुको मिलेमतो भएको पुष्टी हुन आएकोले अख्तियारले मुद्दा दायर गरेको हो । 



Share Your Thoughts

Recent News

Main News

Close in 7


Bizpati.com © 2020. All Rights Reserved