यी २२ चाडपर्वमा पनि नयाँ नोट साट्ने राष्ट्र बैंकको तयारी. दशैँ कुर्नु पर्ने बाध्यता अन्त्य

शिव धिताल/बिजपाटी

शिव धिताल/बिजपाटी

Nov 12, 2018 | 11:17:23 AM मा प्रकाशित

laxmi  sunrise bank

सर्वसाधारणहरुले नयाँ नोट साट्नको लागि दशैँ नै कुर्नु पर्ने बाध्यता अन्त्य भएको छ  । नेपाल राष्ट्र बैंकले सबै राष्ट्रिय चाडपर्वहरुमा नयाँ नोट सटहीको ब्यबस्था गरेसंगै दशैँ कुर्नु पर्ने बाध्यता अन्त्य भएको हो  । सबै जातजाति र चाडपर्वको सम्मान स्वरुप नयाँ नोटको व्यवस्था गर्न लागिएको राष्ट्र बैंकले जनाएको छ ।

अब राष्ट्र बैंकले  नयाँ वर्ष, उभौली पर्व, बुद्ध जयन्ती, फाल्गुनन्द जयन्ती, गुरु नानक जयन्ती, जितिया पर्व, योमरी पुन्ही ज्यापु दिवस, ल्होसार, क्रिसमस, माघी पर्व, महाशिवरात्री, घोडे जात्रा, इद लगायतका राष्ट्रिय पर्वमा सर्वसाधारणको लागि नयाँ नोट साट्ने छ  ।

 नेपाल राष्ट्र बैंकको मुद्रा व्यवस्थापन विभाग थापाथली लगायत उपत्यका बाहिरका नेपाल राष्ट्र बैंकको कार्यालयहरु विराटनगर, जनकपुर, विरगंज, पोखरा, सिद्धार्थनगर, नेपालगंज र धनगढीबाट नोट सटही गर्न सकिने राष्ट्र बैंकले जनाएको छ । यस अघि दशैँमा मात्र नयाँ नोट साटिदा अत्यधिक भिडभाड हुने, लाइन बस्नु पर्ने, केहि दरका नोटको अभाव हुने लगायतका समस्या रहदै आएका थिए  । अब भने ति समस्याको अन्त्य हुने बिश्वास राष्ट्र बैंकको रहेको छ । 



Share Your Thoughts

Recent News

Main News

Close in 7


Bizpati.com © 2020. All Rights Reserved