मृतक ट्रेकिङ गाईडका परिवारलाई राहत वितरण

मोहम्मद अज्मत अलि

मोहम्मद अज्मत अलि

Nov 26, 2018 | 05:01:48 PM मा प्रकाशित

laxmi  sunrise bank

ट्रेकिङ एजेन्सीज् एशोसियसन अफ नेपाल (टान) ले पदयात्रामा ज्यान गुमाएका गाईडका आफन्तलाई क्षतिपूर्ति वापतको राहत वितरण गरेको छ । आज पर्यटन बोर्डमा टानले १२ जना मृतक गाईडका परिवारलाई प्रतिपरिवार ५ लाखका दरले राहत वितरण गरेको हो ।
देशका विभिन्न स्थानमा पदयात्री लिएर जाँदा ज्यान गुमाएका दाकबहादुर आलेमगर, भिमशहादुर गुरुङ, जीवन लिम्बु, खेमबहादुर श्रेष्ठ, संसार गुरुङ र इन्द्रबहादुर गुरुङको परिवारलाई टानले राहत वितरण गरेको हो । त्यस्तै पेम्बा कुइसाङ शेर्पा, छिरिङ भोटे, देना आङजुक भोटे, फूपु भोटे, नेत्रबहादुर छन्त्याल र पेम दोर्जी शेर्पालाई टिम्स कार्ड प्रयोग वापत जम्मा भएको रकम राहत स्वरुप वितराण् गरेको हो ।
१२ परिवारलाई ५ लाखका दरले ६० लाख वितरण गरेको हो । टानले यसअघि पनि ३३ जना मृतकका परिवारलाई २ लाख ५० हजारका दरले राहत वितरण गरेको थियो । यसपटक भने गाईडको बिमा १० लाखको हुने भएकाले टिम्स कार्ड मार्फत बिमाको आधा रकम दिनुपर्ने प्रावधान बनाईएकाले बढेको टानका महासचिव आङ पेम्बा शेर्पाले जानकारी दिए । उनका अनुसार परिवारका सबै सदस्य मजदुरमा आश्रित हुने भएकाले उसको ज्यान गुमेपछि परिवारमा आर्थिक संकट आईपर्ने हुनाले यो रकम सहयोग गरिएको हो ।

Share Your Thoughts

Recent News

Main News

Close in 7


Bizpati.com © 2020. All Rights Reserved