हिसाबमा नदेखिने सहयोग नलिन प्रधानमन्त्रीको निर्देशन

मोहम्मद अज्मत अलि

मोहम्मद अज्मत अलि

Dec 19, 2018 | 09:48:39 AM मा प्रकाशित

laxmi  sunrise bank

प्रधानमन्त्री केपी शर्मा ओलीले लेखा प्रणालीमा नदेखिकने किसिमका अनुदान र सहयोग नलिन निर्देशन दिएका छन। हिसाब नदेखिने सहयोग लिंदा दाताको सहयोगमा भाँडभैलो मच्चाउने तत्वहरु नेपालमा घुस्न सक्ने भन्दै प्रधानमन्त्री ओलीले यस्तो निर्देशन दिएका हुन। 

'नेपाल कसैको अभ्यास गर्ने थलो होइन , दाताको सहयोगमा यहाँ भाँडभैलो मच्चाउने तत्वहरु घुस्न सक्छन, त्यस्तो सहयोग नेपाललाई चाहिँदैन, कसैले पनि त्यस प्रकारका सहयोग स्वीकार नगर्नुहोस' अन्तरप्रदेश समन्वय कार्यदलको प्रतिवदेन बुझ्दै सिंहदरबारमा प्रधानमन्त्री ओलीले यस्तो निर्देशन दिएका हुन। 

त्यस्तै प्रधानमन्त्री ओलीले तीन तहका सरकारले आपसी सम्बन्धलाई रस्साकस्सीको विषय बनाउनु नहुने भन्दै सबैले सार्वभौमसत्ताको सही ढंगले प्रयोग गर्नु पर्ने सुझाएका छन् । अहिले हामीले अवलम्बन गरेको प्रणालीले सबैलाई अवसर दिएको छ, प्रधानमन्त्री ओलीको भनाई छ, “संघीय प्रणाली हाम्रा लागि नयाँ भएकोले त्यसमा अभ्यस्त हुन हामीलाई केही समय लाग्छ, तर हामी उपयुक्त प्रणाली मै छौं ।”

“अहिले एउटा सरकारको अधिकार अर्को सरकारले लिए जस्तो, एउटाले अधिकार आफूसँग राखेर अर्कालाई नदिएजस्तो महसुस गरेको देखिन्छ तर एउटा सरकारको अभ्यासबाट ७६१ वटा सरकारको अभ्यास गर्दा यस्तो हुनु स्वाभाविक हो’ प्रधानमन्त्रीको भनाई छ । 

गत मंसीर २४ गते अन्तरप्रदेश परिषदको बैठकले संघ र प्रदेशका समस्या समाधान गर्नका लागि गृहमन्त्री रामबहादुर थापाको संयोजकत्वमा गठित समितिले बनाएको प्रतिवदेन ग्रहण गर्ने कार्यक्रममा मन्त्रीहरु, मुख्यमन्त्रीहरुले आ–आफ्ना धारणा राखेका थिए ।

प्रधानमन्त्री ओलीसँग आजै संघीय संसदका सभामुख, उपसभामुख र सातै प्रदेशका सभामुख, उपसभामुखले भेट गरेका छन् ।प्रधानमन्त्रीसँगको भेटमा प्रदेशका उपसभामुखको मर्यादा पुनरावलोकन गर्न माग गरिएको छ । प्रधानमन्त्री ओलीले नयाँ मर्यादा कायम गर्न सरकार सकारात्मक रहेको सहभागीहरुलाई आश्वासन दिएका उनका प्रेस संयोजक चेतना अधिकारीले जानकारी दिए ।

Share Your Thoughts

Recent News

Main News

Close in 7


Bizpati.com © 2020. All Rights Reserved