'प्रचण्डलाई समर्थन जनाएर अमेरिकालाई चिढ्याउनु हुन्थेन'

बिजपाटी संवाददाता

बिजपाटी संवाददाता

Feb 02, 2019 | 08:32:02 PM मा प्रकाशित

laxmi  sunrise bank

प्रमुख प्रतिपक्षी दल नेपाली कांग्रेसका नेता एवम् पूर्व अर्थमन्त्री डा. रामशरण महतले नेपाल सरकारले भेनेजुएलाको सरकारलाई समर्थन ठीक छ भन्नु ठिक नभएको प्रतिकृया दिएका छन। 

रिपोर्टर्स क्लब नेपालमा आज एक साक्षात्कार कार्यक्रममा बोल्दै पुर्वअर्थमन्त्री महतले यस्तो बखतमा नेपालले त्यहाँ निश्पक्ष चुनाव हुनुपर्छ, ईन्टरनेश्नल मोनिटिरिएङ र युएनको सुपरभिजनमा चुनाव हुनुपर्छ भन्ने खालको अभिव्यक्ति दिएको भए त्यसलाई कसैलेपनि आपत्ति गर्नुपर्ने खालको स्थिति नहुने बिचार व्यक्त गरे। 

नेपाल सरकारले निकालेको वक्तव्यका कारण अमेरिकी सरकार रिसाएको आफूले सुनेको पनि महतले सुनाए । उनले भने,‘हिजो सरकारको कुटनीतिक ब्रिफिङमा अमेरिकाका राजदुतपनि आएनन् । हामीले उनीहरुलाई चिढ्याउनुपनि जरुरी थिएन् । अब उनीहरुलाई पनि सम्झाएर हाम्रो पोजिसन यो हो भनेर अलिकति सन्तुलित ढंगले बोल्नुपर्दथ्यो । र, चाहीँ अहिले भेनेजुएलाको सरकारलाई समर्थन ठीक छ भन्नु त्यो विल्कुलै ठीक होईन् । किनभने त्यहाँ ठूलो मानवीय संकट छ । र, धाँधली भएर चुनाव भएको छ । प्रतिपक्षको मुख बन्द गरिएको छ । त्यसलाई समर्थन गर्ने भन्ने कुरा निश्चय नै उचित होईन् ।’

भेनेजुएला प्रकरणबारे नेकपाका अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ ले मोदुरो सरकारलाई पूरा समर्थन गरेर वक्तव्य निकालेको बताउँदै उनले भने, "तुरुन्तै परराष्ट्र मन्त्रालयले अर्को निकाल्यो । ईसेन्स भन्ने हो भने, कोर कुरो भन्ने हो भने करिब करिब प्रचण्डजीलाई नै समर्थन गर्या जस्तो छ । बाहिर देखाउँदा त्यसलाई रिफाईन गरेर, ईडिटिङ गरेको जस्तो पनि देखिन्छ। मुल कुरो यहाँहरुलाई जानकारी भएकै कुरो हो कि–भेनेजुएला तेलको अत्यन्तै धनी मुलुक हो । संसारका जुन जनु मुलुक तेलका धनी छन्, अत्यन्तै सम्पन्न भएका छन् । तर, भेनेजुएला भन्ने त्यस्तो मुलुक हो, जहाँ चाही जनताले खान नपाएर, औषधोपचार नपाएर र मुल्य वृद्धि अकाशिएर ८० हजार प्रतिशत मुल्यवृद्धि, त्यस्तो दुरदशा छ।’

भेनेजुएलाका ३० लाख जनता त गएको तीन वर्ष यता खान नपाएर, औषधी उपचार नपाएर र मुल्यवृद्धि धान्न नसकेर छिमेकी मुलुकहरुमा गैसकेको पनि महतले सुनाए । महतले भने,‘२ पाउण्ड मासु किन्नको लागि एक महिनाको तलब लाग्छ, त्यहाँको कम्युनिष्ट शासन त्यस्तो छ । समाजवादको नाममा त्यस्तो दुरदशा छ ।’ चुनाव हुँदा प्रमुख प्रतिपक्षी दललाई प्रतिबन्ध लगाईएको पनि उनले सुनाए । 

महतले अघि थपे,‘प्रतिपक्षी दललाई त चुनाव नै लड्न नदिने ? अनि चुनावमा एकजनाले दश चोटी मत हाल्दापनि हुने, औंलामा कालो रंग लगाउने व्यवस्था नै हटाईदियो । धाँधली गरेर त्यहाँ चुनाव भएको छ । त्यसकारण यत्रो क्राईसिसको समयमा युएनले ईन्टरफेरेन्स गर्न सक्छ । त्यसलाई मानवीय हस्तक्षेप भन्छ । अब यस्तो बखतमा हामीले चाहीँ त्यहाँ निश्पक्ष चुनाव हुनुपर्छ, ईन्टरनेश्नल मोनिटिरिएङ र युएनको सुपरभिजनमा चुनाव हुनुपर्छ भन्ने खालको अभिव्यक्ति दिएको भए त्यसलाई कसैलेपनि आपत्ति गर्नुपर्ने खालको स्थिति थिएन् ।’



Share Your Thoughts

Recent News

Main News

Close in 7


Bizpati.com © 2020. All Rights Reserved