मन्त्रिपरिषद तत्काल पुनर्गठन नहुने, योगेश भट्टाराईको चर्चा हल्ला मात्रै

बिजपाटी संवाददाता

बिजपाटी संवाददाता

Mar 17, 2019 | 10:31:51 AM मा प्रकाशित

laxmi  sunrise bank

तत्काल मन्त्रिपरिषद पुनर्गठन नहुने भएको छ । केहि संचार माध्यममा मन्त्रिपरिषद पुनर्गठन हुन् लागेको भन्दै आएको समाचारमा सत्यता नरहेको प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालय स्रोतले जनाएको हो  । 

स्रोतका अनुसार लगानी सम्मेलन अगाडी मन्त्री हेरफेरको सम्भावना कम छ  । साथै हाल बाहिर आएजस्तो योगेश भट्टराईलाई पर्यटन मन्त्रालयको जिम्मेवारी दिने कुरा हल्ला मात्रै भएको स्रोतको दाबी छ  ।  

सरकारकले  चैत १५ र १६ गते नेपालमा बिदेशी लगानी बढाउने उदेश्यले लगानी सम्मेलन आयोजना गर्दै छ । उता नेकपाका अर्का अध्यक्ष प्रचण्ड आज अमेरिका जादै छन् । पत्नी सिताको उपचारको लागि उनी अमेरिका जान लागेका हुन् । यस्तो अवस्थामा तत्काल मन्त्रिपरिषद पुनर्गठन नहुने जानकारी स्रोतले दिएको हो 

यस अघि पनि मन्त्रिपरिषद पुनर्गठन हुने अर्थ मन्त्री बाहिरिने चर्चा चलेको थियो । तर मन्त्री स्वयंले नै यसको खण्डन गरेका थिए ।

Share Your Thoughts

Recent News

Main News

Close in 7


Bizpati.com © 2020. All Rights Reserved