नाकाबन्दीका ‘डिजाईनर’ भारतीय विदेशमन्त्री जयशंकर नेपाल आउँदै

बिजपाटी संवाददाता

बिजपाटी संवाददाता

Aug 11, 2019 | 08:42:05 AM मा प्रकाशित

laxmi  sunrise bank

भारतीय विदेशमन्त्री एस जयशंकर नेपाल आउने भएका छन् । नेपाल–भारत संयुक्त आयोगको बैठकमा भाग लिन उनी भदौ ४  गते विहान नेपाल आइपुग्ने भएका हुन् । 

जयशंकरले नेपालमा राष्ट्रपति विद्यादेवी भण्डारी, प्रधानमन्त्री केपी शर्मा ओली, सभामुख कृष्णबहादुर महरालाई छुट्टाछुट्टै भेट्ने छन् । भदौ ४ गते आयोगको बैठकपछि परराष्ट्रमन्त्री प्रदीप ज्ञवालीले मन्त्री जयशंकरलाई दिवा भोज दिनेछन् । उनी भदौ ५ गते विहानै भारत फर्किने कार्यक्रम छ । 

नेपालमा संविधान निर्माणको बेला दुतको रुपमा नेपाल आएर एस जयशंकरले शीर्षस्थ नेतालाई भेटेर संविधान निर्माणमा ढिलाई गर्न आग्रह गरेका थिए । उनको सुझाव मान्दै दुई दिनका लागि संविधान घोषणाको काम स्थगित गर्दै आन्दोलनरत पक्षलाई वार्ताका लागि बोलाईएको थियो । तर दुई दिनमा एकपटक पनि वार्ता भएन । 

त्यसपछि फर्केका जयशंकर भारत पुग्नासाथ नेपालमाथि नाकाबन्दी लगाएका थिए । उनलाई नकाबन्दकिो डिजाइनर मानिन्छ । 

Share Your Thoughts

Recent News

Main News

Close in 7


Bizpati.com © 2020. All Rights Reserved