युट्युवरले हल्ला मच्चाएर घटनाकाे अनुसन्धान हुन दिएनन्ः सञ्चारमन्त्री बास्कोटा

बिजपाटी संवाददाता

बिजपाटी संवाददाता

Aug 22, 2019 | 02:59:57 PM मा प्रकाशित

laxmi  sunrise bank

सञ्चार तथा सूचना प्रविधिमन्त्री गोकुल बास्कोटाले युट्युब र सामाजिक सञ्जालले समाजलाई भ्रमित बनाएको आरोप लगाएका छन् । मन्त्रिपरिषद्का निर्णय सार्वजनिक गर्न आयोजित पत्रकार सम्मेलनमा उनले नेपाली मिडियालाई नै सामाजिक सञ्जालले भ्रमित पारेको बताए । 

मन्त्री बास्कोटाले ‘युट्युब मिडिया हो कि होइन ?’ भन्दै प्रश्न गरे ।  प्रेस कार्ड नलिएकाहरुले समाजलाई भड्काउने काम गरेको भन्दै युट्युबरप्रति निकै आक्रोशित देखिएका उनले यीनिहरुलाई ठेगान लगाउनकै लागि सूचना प्रविधि ऐन ल्याईएको बताए । ‘अस्ति सिंहदरबारमा कर्मचारी मृत्यु भएको दिन भित्र पस्न पाएनछन्, नत्र के–के रहस्य भनेर सनसनी मच्चाउँथे’ बास्कोटाले भने ।

Share Your Thoughts

Recent News

Main News

Close in 7


Bizpati.com © 2020. All Rights Reserved