भदौ २५ बाट दशैँको लागि टिकट बुकिङ खोल्ने तयारी

बिजपाटी संवाददाता

बिजपाटी संवाददाता

Sep 02, 2019 | 02:45:00 PM मा प्रकाशित

laxmi  sunrise bank

सरकारले भदौ २५ बाट दशैंको लागि काठमाडौँ बाहिर जाने सर्वसाधारणका लागि अग्रिम टिकट बुकिङ खोल्न यातायात व्यवसायीसँग प्रस्ताव गरेको छ । यातायात व्यवस्था विभागले अग्रिम टिक बुकिङ बारे छलफल गर्न बुधबार यातायात व्यवसायीलाई बोलाएको छ । व्यवसायीले सरकारी प्रस्तावमा सहमती जनाए आगामी भदौ २५ बाट अग्रिम टिकट बुकिङ खुल्ला हुनेछ । 

विभागमा महानिर्देशक गोगबहादुर हमालका अनुसार अग्रिम टिक बुकिङ खोल्न यातायात व्यवसायीले भाडादर समायोजन हुनुपर्ने माग गरिरहेका छन् । व्यवसायीले दशैंको टिकट बुकिङ खुल्नु अगावै सवारीको भाडा बढाउनुपर्ने व्यवसायीको माग छ ।

Share Your Thoughts

Recent News

Main News

Close in 7


Bizpati.com © 2020. All Rights Reserved