टिपरको ठक्करबाट काठमाडौँमा एकको मृत्यु

बिजपाटी संवाददाता

बिजपाटी संवाददाता

Oct 01, 2019 | 08:23:00 PM मा प्रकाशित

laxmi  sunrise bank

चन्द्रागिरिमा टिपरको ठक्करबाट आज एक जनाको मृत्यु भएको छ । थानकोटबाट कलङ्की आउँदै गरेको बा२६प ४९०३ नंको मोटरसाइकललाई बा३ख ३८१७ नंको टिपरले ठक्कर दिँदा चितवनका २५ वर्षीय सुनिल अधिकारीको मृत्यु भएको हो ।

महानगरीय प्रहरी प्रभाग बलम्बुका प्रमुख, प्रहरी निरीक्षक शङ्कर खड्काका अनुसार चन्द्रागिरि नगरपालिका–११ सतुङ्गलको बागेश्वरीमा ठक्कर दिँदा अधिकारीको घटनास्थलमै मृत्यु भएको हो । दुर्घटनामा ललितपुर महालक्ष्मी नगरपालिका–२ इमाडोलका ४१ वर्षीय टीकाबहादुर बाँनिया गम्भीर घाइते भएका छन् । उनको ओम समाज अस्पताल सतुङ्गलमा उपचार भइरहेको छ । मोटरसाइकल बाँनियाले चलाएका थिए ।

प्रहरीले टिपर चालकलाई नियन्त्रणमा लिएको छ । 

Share Your Thoughts

Recent News

Main News

Close in 7


Bizpati.com © 2020. All Rights Reserved