एप्पललाई उछिन्दै हुवाइ बन्यो विश्वव्यापी स्मार्टफोन बजारमै दोस्रो

शिव धिताल/बिजपाटी

शिव धिताल/बिजपाटी

Aug 05, 2018 | 10:58:38 PM मा प्रकाशित

laxmi  sunrise bank

विश्वव्यापी स्मार्टफोनको बजारमा एप्पललाई तेस्रो स्थानमा धकेल्दै हुवाईले दोस्रो स्थान लिएको छ। आइडीसी, एसए, क्यानलिस तथा काउन्टरपोइन्टले  हालै सार्वजनिक गरेको विश्वव्यापी चौमासिक बजार अनुगमन प्रतिवेदनले हवाईलाई दोस्रो स्थान दिएको हो। 

प्रतिबेदनले चिनिया कम्पनी हवाईको उत्पादनले एप्पललाई पछी पार्दै बजार हिस्सामा दोस्रो स्थान हासिल गर्न सफल हुनुमा हुवाईको उच्च स्तर, सर्वोत्कृष्ट प्रविधि तथा आकर्षक डिजाइनलाई आधार मानेको छ। 

प्रतिबेदन अनुसार विश्वब्यापी स्मार्टफोनको बजारमा उत्कृष्ट ५ मध्ये ३ वटा चिनिया कम्पनी रहेका छन। त्यसो त एप्पलको उत्पादन पनि चाईनामा नै हुने भएकाले उत्कृष्ट ५ मा ४ वटा चिनिया उत्पादनका फोन भन्न सकिने आधार छ। 

बर्ष बर्षको शिपमेन्टलाई आधार मान्दा १० प्रतिशत बजार हिस्सा गुमाएपनि सामसुङ आजको दिनमा पनि पहिलो स्थानमा रहन सफल भएको छ। सामसुङको एस९ अपेक्षाकृत रुपमा बजारमा आफ्नो प्रभाब पार्न नसेकाले उसले केहि बजार हिस्सा गुमाएको छ। 

हवाईले बजार हिस्सामा दोस्रो स्थान लिंदै गर्दा बर्ष बर्षको शिपमेन्टमा समेत उल्लेख्य प्रगति गरेको छ। बर्ष बर्षको उपलब्धिलाई तुलना गर्ने हो भने जीयोमिको प्रगति ४६ प्रतिशत देखिएको छ भने हवाईको ४० प्रतिशत छ। यसले पनि भविष्यमा यी दुई कम्पनीले बजारमा आफ्नो हिस्सा बढाउने विश्लेषण गरिएको छ।


Share Your Thoughts

Recent News

Main News

Close in 7


Bizpati.com © 2020. All Rights Reserved