एएफसी एसिया कप छनोट: नेपाल र ताजकिस्तान भिड्दै, दुवै टोलीलाई जित्नै पर्ने दबाब

मोहम्मद अज्मत अलि

मोहम्मद अज्मत अलि

Sep 05, 2017 | 09:12:19 AM मा प्रकाशित

laxmi  sunrise bank

 एएफसी एसिया कप छनोट प्रतियोगिता अन्तर्गत आज मंगलबार नेपालले ताजकिस्तानको सामना गर्दै छ। एसिया कपमा छनौट हुने सम्भावना कायम नै राख्न नेपालले आजको खेल जित्ने पर्ने हुन्छ। खेल एन्फा कम्लेक्स सातदोबाटो ललितपुरमा दिउँसो ३ बजे सुरु हुनेछ ।

नेपाल रहेको समूह ‘एफ’ को शीर्ष स्थानमा ६ अंक सहित फिलिपिन्स छ भने दोस्रो स्थानमा रहेको यमनको  ४ अंक छ । फिलिपिन्ससँग ४–१ ले पराजित भएको र यमनविरुद्ध गोलरहित बराबरी खेलेको नेपालको १ मात्र अंक छ  । दुवै खेल हारेको ताजकिस्तान भने चौथो स्थानमा छ । समूहका शीर्ष दुई टोलीले अर्को वर्ष युएइमा हुने प्रतियोगिता खेल्ने अवसर पाउनेछन् । आज नै फिलिपिन्सले आफ्नो घरेलु मैदानमा यमनसंग खेल्ने छ    

नेपाली टोलीका जापानी प्रशिक्षक ग्याटुको कोजीले ताजकिस्तानविरुद्धको नतिजाले छनोटको निर्णय गर्ने बताएका छन् ।  पछिल्लो समय नेपाली टोलीले जापानमा गरेको प्रशिक्षणले केही सकारात्मक परिवर्तन देखिएको कोजीले बताए । जापान भ्रमणले नेपाली फुटबलको लक्ष्य हासिल गर्न सहयोग गर्ने उनको भनाइ थियो ।

प्रिम्याच कन्फ्रेन्समा प्रशिक्षक कोजीले नयाँ खेलाडी जर्ज प्रिन्स कार्कीले टिममा स्थान बनाएको बताउँदै उनीबाट राम्रो प्रदर्शन अपेक्षा गरेको बताए । 

फिफा बरियतामा ताजकिस्तान १ सय ५१ औं स्थानमा छ भने नेपाल १ सय ६९ औं स्थानमा छ । 

Share Your Thoughts

Recent News

Main News

Close in 7


Bizpati.com © 2020. All Rights Reserved