इपीएलमा ब्राइटनलाई हराउदै बोर्नमाउथ विजयी

मोहम्मद अज्मत अलि

मोहम्मद अज्मत अलि

Sep 16, 2017 | 04:36:24 AM मा प्रकाशित

laxmi  sunrise bank

काठमाडौं ।  इंग्लिस प्रिमियर लिग फुटबल अन्तर्गत शुक्रबार राति भएको खेलमा क्लब ब्राइटनलाई २–१ ले हराउदै बोर्नमाउथ विजयी भएको छ । घरेलु मैदानमा भएको खेलमा बोर्नमाउथले यहि सिजन प्रिमियर लिगमा बढुवा भएको क्लब ब्राइटनलाई हराउन सफल भएको हो ।

बोर्नमाउथको जितमा एण्ड्रयु सर्मन र जर्मेन डिफोले गोल गरे । ब्राइटनका लागि सोली मार्चले एक गोल गरे । पहिलो हाफमा गोलरहित बराबरी भएको खेलमा ५५ औं मिनेटमा मार्चले गोल गर्दै ब्राइटनलाई सुरुवाति अग्रता दिलाए । तर ६७ औं मिनेटमा सर्मनले बोर्नमाउथका लागि बराबरी गोल फर्काए । ७३ औं मिनेटमा डिफोले गोल गरेपछि बोर्नमाउथले २–१ को जित निश्चित गर्‍यो । 

Share Your Thoughts

Recent News

Main News

Close in 7


Bizpati.com © 2020. All Rights Reserved