हङकङसँगको खेल रद्द स्थगित भएसंगै नेपाल डिभिजन टुमा घटुवा, यसरी सम्भव छ बिश्वकप छनौट यात्रा

मोहम्मद अज्मत अलि

मोहम्मद अज्मत अलि

Oct 16, 2017 | 10:02:23 AM मा प्रकाशित

laxmi  sunrise bank

नेपाल क्रिकेटको डिभिजन टुमा घटुवा भएको छ ।  आईसीसी विश्व क्रिकेट लिग च्याम्पियनसिप अन्तर्गत हङकङबिरुद्धको दोस्रो खेलमा बर्षाका कारण रद्ध भएपछि नेपाल डिभिजन टुमा घटुवा भएको हो ।  

हङकङमा आइतबारको लागि निर्धारित खेल सामुद्रिक तुफानकारण रद्द गरेर आज सोमबारको लागि सारिएको थियो । तर आज पनि बर्षाको कारण खेल हुन् सकेन र खेल स्थगित भएको घोषणा गरियो  । खेल स्थगित भएसंगै दुवै टोली टोलीले १-१ अंक बाडेका छन्  । अंक बाडे संगै नेपाल  विश्व क्रिकेट लिग च्याम्पियनसिपको शीर्ष चार भित्र पर्ने सम्भावना समाप्त भएको छ  । शिर्ष ४ मा नपर्ने टोली डिभिजन टूमा घटुवा हुने प्रावधान भएकाले नेपाल डिभिजन टु मा जाने भएको हो  । 

अहिले जारी प्रतियोगिताको शिर्ष ४ मा रहने टोलीले कदिवशीय विश्वकपको छनोट खेल्ने छन् ।  त्यस्तै शिर्ष ४ मा नपर्ने ४ टोलीले भने डिभिजन टु खेल्ने छन् । त्यस प्रतियोगितामा शीर्ष दुईभित्र पर्न सफल भएमा मात्र नेपालले विश्वकप छनोट खेल्ने अवसर पाउने छ ।

डिभिजन टूमा डिभिजन वानबाट घटुवा भएका नेपाल, नामिविया र युएई खेल्ने छन्  । त्यस्तै डिभिजन थ्रीबाट बढुवा भएका क्यानडा र ओमानले पनि डिभिजन टू खेल्ने छन् ।

अर्को एक टोलीको भने टुंगो लागि सकेको छैन । डिभिजन टु को खेल सन् २०१८ को फेब्रुअरिमा नामिबियामा हुनेछ । 

Share Your Thoughts

Recent News

Main News

Close in 7


Bizpati.com © 2020. All Rights Reserved