यु १९ एसिया कप: सन्दिप एक्लैले लिए ५ विकेट, ४५ रन मै समेटियो मलेशिया

मोहम्मद अज्मत अलि

मोहम्मद अज्मत अलि

Nov 14, 2017 | 11:02:26 AM मा प्रकाशित

laxmi  sunrise bank

मलेसियामा जारि एसीसी यु–१९ एसिया कप क्रिकेट प्रतियोगिताको समूह चरणको अन्तिम खेलमा नेपालले जितको लागि ४६ रनको लक्ष्य पाएको छ । टस हारेर पहिले ब्याटिंग गरेको आयोजक मलेशिया १५.३ ओभर मै ४५ रन जोड्दा अल आउट भयो । 

मलेसियालाई सास्तीमा समेट्ने क्रममा नेपालका लागि सन्दिप लामिछानेले सर्बाधिक ५  साहव आलम र दिपेन्द्र सिंह ऐरीले समान २-२ तथा अनिल कुमार शाहले १ विकेट लिए । 

मलेशियाका २ खेलाडी बाहेक अन्यले दोहोरो अंकको रन बटुल्न सकेनन । 

बर्षाको कारण प्रभावित खेललाई २४ ओभरमा झारिएको छ । 

समूहको विजेता र उपविजेताले सेमिफाइनलमा स्थान बनाउनेछन् । 

 यस्तो छ नेपालको आजको टोली : जितेन्द्र सिंह, अासिफ शेख (वि), अनिल साह, दिपेन्द्र सिंह एेरी, रोहितकुमार पौडेल, भीम सार्की, प्रनित थापामगर, कमल सिंह एेरी, किशोर महतो, सन्दिप लामिछाने, शाहब अालम।  

यस अघि नेपालले बंगालदेशसंग हार बेहोरेको थियो भने भारत बिरुद्द ऐतिहासिक जित निकालेको थियो ।

सेमिफाइनलमा पुग्न नेपालले आजको खेल जित्नै पर्ने हुन्छ  । अहिले भारतले पनि आफ्नो अन्तिम खेलमा बंगलादेशसंग प्रतिस्पर्धा गरिरहेको छ । उक्त खेलमा भारत पराजित भए र नेपालले मलेसियालाई पराजित गरे नेपाल र बंगलादेश सेमिफाइनलमा प्रवेश गर्ने छन्  । 

तर उक्त खेलमा भारत बिजयी भए र नेपालले पनि आफ्नो खेलमा बिजय हासिल गरे रन रेटको आधारमा उत्कृष्ट २ टोली सेमिफाइनलमा पुग्ने छन् । 

भारतले जारि खेल जितेको खण्डमा नेपालले सेमिफाइनलमा पुग्ने आशा कायम राख्न रन रेट उत्कृष्ट हुने गरी मलेशियालाई भारी अन्तरले पराजित गर्नु पर्ने हुन्छ । 

Share Your Thoughts

Recent News

Main News

Close in 7


Bizpati.com © 2020. All Rights Reserved