रोबिन्होलाई सामूहिक बलात्कारमा दोषी ठहर्‍याउँदै ९ वर्ष जेल

मोहम्मद अज्मत अलि/बिजपाटी

मोहम्मद अज्मत अलि/बिजपाटी

Nov 24, 2017 | 12:52:56 PM मा प्रकाशित

laxmi  sunrise bank

ब्राजिलका चर्चित फुटबल खेलाडी रोबिन्होलाई इटालीको एक अदालतले बलात्कारमा दोषी ठहर गर्दै ९ वर्ष जेल सजाय सुनाएको छ। रोबिन्होलाई सन् २०१३ मा एक अल्बानियन युवतीको सामूहिक बलात्कारमा दोषी ठहर गरेको हो।

मिलानको एक अदालतले म्यान्चेस्टर सिटीका पूर्वफरवार्डसमेत रहेका रोबिन्होसँगै सो घटनामा अन्य पाँच ब्राजिलियनलाई पनि दोषी ठहर गरेको छ।२२ वर्षीया ती महिलालाई डिस्को क्लबबाट निस्केपछि उनीहरुले बलात्कार गरेको अदालतको ठहर छ। 

अदालतले पीडितलाई ७१ हजार डलर क्षतिपूर्ति दिनुपर्ने पनि फैसला गरेको छ। ३३ वर्षीय रोबिन्होले २०१० देखि २०१५ सम्म मिलानका लागि खेलेका थिए। हाल ब्राजिलको क्लबमा आवद्द उनले आफू घटनामा संलग्न नभएको दाबी गर्दै आएका छन्। उनी मुद्दाको सुनुवाइमा समेत अदालतमा उपस्थित थिएनन्।

उनको इन्स्टाग्राम पेजमा राखिएको विज्ञप्तिमा उनले घटनामा आफू संलग्न नभएको भन्दै अदालतको आदेशविरुद्ध सम्पूर्ण कानुनी उपचार प्रयोग गर्ने जानकारी गराएका छन। 

Share Your Thoughts

Recent News

Main News

Close in 7


Bizpati.com © 2020. All Rights Reserved