क्यानाडाद्वारा नेपालसामु १९५ रनको लक्ष्य, नेपालको कम्जोर जवाफी ब्याटिङ

मोहम्मद अज्मत अलि/बिजपाटी

मोहम्मद अज्मत अलि/बिजपाटी

Feb 14, 2018 | 04:11:09 PM मा प्रकाशित

laxmi  sunrise bank

आईसीसी विश्व क्रिकेट लिग डिभिजन टु अन्तर्गतको आजको खेलमा क्यानडाले नेपालसामु १९५ रनको चुनौती पेश गरेको छ। टस हारेर पहिले ब्याटिङको नीम्तो पाएको क्यानडाले निर्धारित ५० ओभरमा ८ विकेटको क्षतिमा १९४ रन बनाएको हो। 

क्यानडाका अन्य खेलाडी नचलेपनि श्रीमान्था एक्लैले १०३ नटआउट १०३ रन बनाए। क्यानडाका लागि हाम्जा तारिकले २४, सत्सिमरञ्जित धिन्ड्सले १८  र साद बिन जाफरले १० रन बनाए  ।नेपालका लागि बसन्त रेग्मीले ३ ,सन्दीप लामिछानेले २ तथा करण केसी र शरद भेषवाकरले समान १–१ विकेट लिए।

१९५ रनको लक्ष्य पछ्याएको नेपालले कम्जोर सुरुवात गरेको छ। कप्तान पारस खड्का पहिलो बलमा नै आउट भएका छन् भने २५ ज्ञानेन्द्र मल्ल २५ खर्चेर ९ रन जोडेर आउट भएका छन। २८ रन जोड्दा नेपालले आफ्नो दुई महत्वपूर्ण विकेट गुमाएको छ। 

Share Your Thoughts

Recent News

Main News

TRENDING

Close in 7


Bizpati.com © 2020. All Rights Reserved