पहिलो अभ्यास खेलमा युएईबिरुद्ध नेपालको शानदार जित, फाइनलमा हारेको बदला लियो

मोहम्मद अज्मत अलि/बिजपाटी

मोहम्मद अज्मत अलि/बिजपाटी

Feb 27, 2018 | 06:56:07 PM मा प्रकाशित

laxmi  sunrise bank

आइसीसी विश्वकप छनौट अन्तर्गतको अभ्यास खेलमा नेपाल विजयी भएको छ। १ सय ७२ रनको लक्ष्य पाएको नेपालले युएईलाई ५ विकेटले पराजित गरेको हो। 

नेपालले चार बल रहँदै लक्ष्य भेट्टाएको हो। नेपालका लागि शरद भेषवाकर र आरिफ शेखले उत्कृष्ट प्रदशन गर्दै नेपाललाई पहिलो अभ्यास खेलमा जित दिलाएका हुन। भेषवाकरले ७९ बल खेल्दै ४१ रन जोडे भने शेखले १५ बलमा १ छक्का र दुई चौकाको मद्दतमा २३ रन प्रहार गरे। युएईसंग डिभिजन टु को फाइनलमा ७ रनले पराजित भएको नेपालले आजको खेल जितेर बदला लिएको छ।   

वर्षाका कारण २९ ओभरमा छोट्याइएको खेलमा युएईले ओभर सकिन १ बल बाँकी छँदा सबै विकेटको क्षतिमा १७१ रन बनाएको हो । युएईका लागि अश्फक अहमदले ४२ रन बनाए । त्यस्तै, युएईका एडन मुफ्तीले ३७, घुलाम सब्बिरले ३२, मोहम्मद उस्मनले २६ र शैमन अन्वारले १६ रन बनाएका थिए ।

नेपालका लागि ललित भण्डारीले ४ विकेट लिए । त्यस्तै, करण केसीले समान ३ विकेट लिए । करणले अन्तिम ओभरमा मात्रै ३ विकेट लिएका थिए । करणले अन्तिम ओभरमा २ रन दिदै उत्कृष्ट प्रदर्शनको साथ ३ विकेट लिएका हुन् । त्यस्तै, ललितनारायण राजवंशीले २ र कप्तान पारस खड्काले १ विकेट लिए । नेपालले आफ्नो दोस्रो अभ्यास खेल बिहिबार हङकंगसंग बिहिबार खेल्दैछ। 

Share Your Thoughts

Recent News

Main News

TRENDING

Close in 7


Bizpati.com © 2020. All Rights Reserved