नेपालले अफगानिस्तानलाई दियो १ सय ९५ रनको लक्ष्य, अफगानिस्तान जवाफी ब्याटिङ गर्दै

निरोज कुमार थापा

निरोज कुमार थापा

Mar 10, 2018 | 02:37:20 PM मा प्रकाशित

laxmi  sunrise bank


विश्वकप क्रिकेट छनौट प्रतियोगिता अन्तर्गत नेपाल र अफगानिस्तानबीच जारी खेलमा नेपालले १ सय ९५ रनको लक्ष्य दिएको छ । 

४९.५ ओभरमा सबै विकेट गुमाउँदै नेपालले १ सय ९४ रनको योगफल तयार पारेको हो । 

नेपालका ओपनर ब्याट्सम्यान अनिलकुमार साह चौथो ओभरको अन्तिम बलमा मुजीवर रहमानको बलमा एलबीडब्ल्यू आउट भए । 

त्यसपछि क्रिजमा आएका कप्तान पारस खडकाले उत्कृष्ट ब्याटिङ गर्दै ८८ बलमा १० चौका र एक छक्कासहित ७५ रन बनाएका थिए । उनलाई मोहम्मद नाबीको बलमा समिउल्लाह शेनवारीले क्याचआउट गरेका हुन् । 

ओपनर ब्याट्सम्यान ज्ञानेन्द्र मल्लले ६९ बलमा दुई चौकासहित २३ रन मात्रै बनाउन सके । 

रोहितकुमार पौडेल एक रनमै आउट हुँदा दिपेन्द्रसिंह ऐरी ४१ बलमा ३ चौका र १ छक्का हान्दै ३२ रनमा आउट भए । त्यस्तै आरिफ शेख ३६ बलमा ३ चौका सहित २३ रन बनाएर आउट भए भने सोमपाल कामी पनि ९ रनमा आउट भए । 

केहीबेरमा अफगानिस्तानले जवाफी ब्याटिङ गर्नेछ । 


Share Your Thoughts

Recent News

Main News

Close in 7


Bizpati.com © 2020. All Rights Reserved