पारस खड्काको तुफानी पारीपछि बिशाल वोरियर्स बिजयी

मोहम्मद अज्मत अलि

मोहम्मद अज्मत अलि

Sep 26, 2016 | 04:40:52 PM मा प्रकाशित

laxmi  sunrise bank

कप्तान पारस खड्काको तुफानी पारीको मद्दतमा बिशाल ओरियार्सले एभरेस्ट टि २० किक्रेट प्रतियोगितामा बिजयी सुरुवात गरेको छ ।आज भएको खेलमा बिशालले सगरमाथा लेजेण्डसलाई २५ रनले पराजित गर्यो । 

 टस हारेर पहिले ब्याटिंग गरेको बिशालले निर्धारित २० ओभरमा ४ विकेटको क्षतिमा १७४ रन जोड्यो । कप्तान खड्काले ४५ बलमा १० छक्का र २ चौका सहित ९९ रन बनाए  । जारी प्रतियोगितामा यो सर्बाधिक उच्चतम स्कोर पनि हो । साथै १७४ रन टोलीको सर्बाधिक स्कोर हो । पारसलाई साथ दिदै सुरज कुर्मीले ३० रन जोडेका थिए भने मन्जित श्रेष्ठ र सगर पुनले समान १३ रन जोडेका थिए ।

१७५ रनको बिशाल लक्ष्य पाएको सगरमाथाले २० ओभरमा १ सय ४९ रन मात्र जोड्न सक्यो ।सुनिल धमलाले सर्बाधिक ८७ रन, महबुब आलमले २७ तथा अनिल मण्डलले १५ रन जोड्नु बाहेक अन्यले दोहोरो अंक जोड्न सकेनन् ।   

जित संगै बिशाल अंक तालिकामा दोस्रो  स्थानमा उक्लेको छ भने दुवै खेल हार्दै अंक बिहिन सगरमाथा पुछारमा छ । 

यस खेलमा कुल ३१३ रन बन्यो , जुन जारी प्रतियोगिताको एकै खेलमा बनेको सर्बाधिक रन समेत हो।

Share Your Thoughts

Recent News

Main News

Close in 7


Bizpati.com © 2020. All Rights Reserved