च्याम्पियन्स लिग क्वाटरफाइनल : बुधबार दुई खेल हुँदै

निरोज कुमार थापा

निरोज कुमार थापा

Apr 03, 2018 | 12:21:28 PM मा प्रकाशित

laxmi  sunrise bank

युरोपियन च्याम्पियन्स लिग फुटबल अन्तर्गत बुधबारदेखि क्वाटरफाइनलका खेल सुरु हुँदैछन् । 

क्वाटरफाइनलको पहिलो खेलमा रियल मड्रिड र युभेन्टस तथा दोस्रो खेलमा सेभिल्ला र बार्यन म्युनिख भिड्दैछन् । रियलले पहिलो लेगमा युभेन्टससँग उसकै घरेलु मैदान एलिनाज स्टेडियममा राति पौने एक बजे खेल्नेछ । रियालका प्रशिक्षक जिनेदिन जिदानको यसअघिको क्लब युभेन्टसविरुद्धको खेलमा क्रिस्टियानो रोनाल्डो, सर्जियो रामोस र मिडफिल्डर इस्को टिममा फर्किनेछन् । तर डिफेन्डर नाचो भने चोटका कारण उपस्थित हुने छैनन् ।युभेन्टसका डिफेन्डर मेधी बेनाटे र मिडफिल्डर मिरालिम पिजानीकले खेल्न नपाउने भएका छन् । 

रियल र युभेन्टसले यसअघि खेलेका १९ युरोपियन प्रतियोगिता मध्ये रियलले नौ र युभेन्टस आठ खेल जितेका छन् । युभेन्टस च्याम्पियन्स लिगमा धेरैपटक सेमिफाइनलमा पुग्ने एक्लो टिम हो । अहिलेसम्म युभेन्टस ७ पटक अन्तिम चारमा पुगेको छ । युभेन्टसले रियलविरुद्ध घरेलु मैदानमा १९६२ पछि अहिलेसम्म हारेको छैन । रियल १३ औं पटक च्याम्पियन्स लिगको सेमिफाइनलमा पुग्ने दाउमा छ । 

बार्यन र सेभिल्ला पनि भिड्दै

अर्को खेलमा सेभिल्लाले जर्मन जाइन्ट बार्यन म्युनिखसँग खेल्नेछ । क्वाटरफाइनलमा म्यानेचस्टर युनाइटेडलाई हराएको सेभिल्ला घरेलु मैदानमा पाँच पटकको च्याम्पियन बार्यनलाई हराउने दाउमा छ । अन्तिम पटक १९५८ मा युरोपियन कपको क्वाटरफाइनलमा पुगेको सेभिल्ला यसपटक बार्यनलाई हराउँदै पहिलो पटक च्याम्पियन्स लिगको सेमिफाइनलमा पुग्ने योजनामा छ । यी दुई टिम पहिलो पटक च्याम्पियन्स लिगमा खेल्न लागेका हुन । सेभिल्ला च्याम्पियन्स लिगका पछिल्ला पाँच खेलमा अपराजित छ ।


Share Your Thoughts

Recent News

Main News

Close in 7


Bizpati.com © 2020. All Rights Reserved