विश्वकप फुटबलको फिभर बढ्दै जाँदा किङ्स लाउन्जमा खेलाडीको चहलपहल

मोहम्मद अज्मत अलि/बिजपाटी

मोहम्मद अज्मत अलि/बिजपाटी

Jun 06, 2018 | 04:26:05 PM मा प्रकाशित

laxmi  sunrise bank

विश्वकप फुटबल प्रतियोगिता नजिकै  गर्दा राजधानीको दरबार मार्गमा रहेको अत्याधुनिक फेमेली रेष्टुरेन्ट किङ्स लाउन्जमा खेलाडीहरुको चहलपहल बढ्न थालेको छ । किङ्स लाउन्जले २० बाइ ११ फिटको भव्य स्क्रिनमा विश्वकप देखाउने तयारी गरेको छ ।

यसै साता मात्र किङ्स लाउन्जमा नेपाली राष्ट्रिय फुटवल टिमका पूर्व कप्तान तथा प्रशिक्षक हरि खड्का नेपाली राष्ट्रिय टिमका फरवार्ड नवयुग श्रेष्ठ किङ्स लाउन्ज पुगेका छन् । त्यसैगरी तेक्वान्दोका किर्तीमानी खेलाडी तथा प्रशिक्षक दिपक विष्ट र विश्व जगतमै क्रिकेटको दुनियाँमा चर्चा कमाएका नेपाली राष्ट्रिय टीमका युवा क्रिकेटर सन्दीप लामिछाने लगायत पनि किङ्स लाउन्जमा पुगेका छन् । यसका अलावा संगीत सुन्दै खेल हेर्नेहरु अहिले लाउञ्ज धाउन थालेका छन् ।    

विभिन्न पेशा र व्यवसायमा आवद्द केही युवाहरुको सामूहिक लगानीमा सुरुवात गरिएको रेष्टुरेन्टमा हरेक दिन चाईनिज, थाई, इन्डियन, नेपाली तथा कन्टिनेन्टल खानाका फरक फरक स्वाद लिन सकिने लाउन्ज ब्यबस्थापनले जनाएको छ। हाईजेनिक खानाका परिकार मात्रै नभई हरेक दिन फरक फरक लाईभ कन्सर्ट लाउञ्जको विशेष आकर्षण हो ।    


टेरेस कर्नरका साथै पर्सनल बारसहितको भिआईपी हल लाउञ्जमा उपलब्ध छ  । फेमिलि कर्नर पनि लाउञ्जमा लोकप्रिय बन्दै गएको छ । साँझ ६ बजेदेखि राति १२ बजेसम्म भने दैनिक रुपमा फरक फरक कलाकारहरुबाट लाईभ म्युजिकल प्रस्तुती रहने लाउञ्जका सञ्चालक संगम राईले बताए । 

रेष्टुरेन्टमा क्रिस्पी चिकेन, प्रान्को फ्राईड चिकेन, प्रान्को प्राउन, डेभेलोन होर्स बोकलगायतका फरकफरक स्वादका खानाका मेनुहरु रहेका छन् । ‘दरबारमार्गमा खेल, संगीत र खानाको परिकारका लागि उत्कृट गन्तव्य बनाउने होम्रो योजना छ ।’ राईले भने ।

नेपालको नमूना रेष्टुरेण्टका रुपमा तयार गरिएको किंङ्स लाउञ्जमा झण्डै एक सय जनाले प्रत्यक्ष रुपमा रोजगारी पाएका छन् । तीन सय सिटिंग क्यापासिटी रहेको लाउञ्जसँग इभेण्टहरुमा एक पटकमा १ हजार जनालाई सेवा दिन सक्ने क्षमता छ ।




Share Your Thoughts

Recent News

Main News

Close in 7


Bizpati.com © 2020. All Rights Reserved