टि २० बिश्वकप छनौट खेल्ने नेपाली टोली सार्बजनिक (सुचीसहित)

शिव धिताल/बिजपाटी

शिव धिताल/बिजपाटी

Sep 30, 2018 | 07:50:04 PM मा प्रकाशित

laxmi  sunrise bank

टि २० बिश्वकप  पूर्वी एसिया क्षेत्रीय छनोट खेल्ने नेपाली इ घोषणा भएको छ  । पारस खड्काको कप्तानीमा १४ सदस्यीय नेपाली टोली छनौट भएको हो । आइ सि सि प्रतिनिधी अमिनुल इस्लाम, हेड कोच जगत टमटा र कप्तान पारस खडकाले टिम छनोट गरेका हुन !

यस्तो छ नेपाली टोली : 

१ पारस खडका (कप्तान) २. ज्ञानेन्द्र मल्ल (उप कप्तान) ३. अनिल साह ४. बसन्त रेग्मी ५. बिनोद भन्डारी ६. दिपेन्द्र एरि ७. करण केसि ८. ललित भन्डारी ९. ललित राजबन्शी १०. आरिफ सेख ११. प्रदिप एरि १२. सन्दिप लामिछाने १३. सरद भेषावकर १४. सोमपाल कामी

रिजर्भ खेलाडी : १. सागर पुन २. सुनिल धमला ३. दिपेस श्रेष्ठ ४. साहब आलम। 

 नेपालले असोज १७ गतेदेखि टि २० बिश्वकपको लागि पूर्वी एसिया क्षेत्रीय छनोट खेल्ने छ । मलेशियामा हुने यस प्रतियोगितामा नेपाल सहित ७ देश सहभागी छन् । 

प्रतियोगितामा नेपाल, सिंगापुर, मलेसिया, भुटान, चीन, म्यानमार र थाइल्यान्डबीच प्रतिस्पर्धा हुनेछ।  राउन्ड रोबिनको आधारमा हुने  प्रतिस्पर्धाबाट शिर्ष स्थानमा रहने ३ टीम दोस्रो चरणको छनोटमा छानिनेछन्।

एक दिवशीय मान्यता प्राप्त नेपालसामु अन्य देशहरु तुलानात्मक रुपमा कम्जोर छन्  । अत नेपालले यो चरण सहजै पार गर्ने अनुमान गरिएको छ 

यस प्रतियोगिताको शिर्ष ३ स्थानमा रहने टोलीले अर्को छनौट प्रतियोगिता खेल्ने छ । त्यसमा पश्चिम क्षेत्रीय छनोटबाट चुनिएका यूएई, कतार र कुवेत संग प्रतिस्पर्धा हुने छ । 

यी ६ राष्ट्र बीच पुन राउण्ड रोबिन लिगमा खेल हुनेछ र शिर्ष २ स्थानमा रहने टोलीले अर्को छनौट प्रतियोगिता खेल्ने छ । जहाँ १४ देश रहने छन्  ।  

टि २० छनौटको मुख्य प्रतियोगिता त्यहि नै हो ।  यसमा एसिया, अफ्रिका र अमेरिका क्षेत्रबाट २–२ टिम पुग्नेछन्। यस्तै एसिया प्यासेफिक र युरोपबाट १–१ टिम पुग्ने छन् । त्यस्तै सन् ‍२०१८ को डिसेम्बर सम्ममा आइसिसीको शीर्ष १० वरीयता भित्र नपर्ने ६ टिमले पनि अन्तिम चरणको छनोट खेल्नु पर्नेछ।

यसरी वरियातामा नपरेका ६ टिम र विभिन्न छनोट पार गरेका ८ टिमबीच अन्तिम चरणको छनोट हुनेछ।जसबाट शिर्ष ६ स्थानमा रहने टोली सन् २०२० मा अस्ट्रेलियामा हुने टी–२० विश्वकपमा छानिनेछन्।  मुख्य प्रतियोगितामा १६ देशले सहभागिता जनाउने छन् ।  

यस्तो छ क्षेत्रिय छनौटमा नेपालको खेल तालिका । 

असोज १७– नेपाल भर्सेस म्यानमार 
असोज २०– नेपाल भर्सेस मलेसिया 
असोज २१– नेपाल भर्सेस थाइल्यान्ड 
असोज २३  – नेपाल भर्सेस भुटान 
असोज २४– नेपाल भर्सेस चीन 
असोज २६– नेपाल भर्सेस  सिंगापुर 

Share Your Thoughts

Recent News

Main News

Close in 7


Bizpati.com © 2020. All Rights Reserved