चार नेपाली खेलाडी आइसिसीको बरियतामा

निरोज कुमार थापा

निरोज कुमार थापा

Nov 01, 2018 | 10:45:03 AM मा प्रकाशित

laxmi  sunrise bank

अन्तराष्ट्रिय क्रिकेट परिषद् (आइसिसी) ले सार्वजनिक गरेको टी–२० क्रिकेटको नयाँ बरियतामा चार नेपाली खेलाडी समावेश भएका छन् । वरियतामा नेपालका दुई ब्याट्सम्यान र दुई बलर परेका हुन् । 

नयाँ बरियता नेपालका ब्याट्सम्यान कप्तान पारस खड्का र शरद भेषवाकर तथा बलरहरू सोमपाल कामी र वसन्त रेग्मी पर्न सफल भएका हुन् । ब्याटिङतर्फ कप्तान पारस ९४औँ र शरद १००औँ स्थानमा छन् । त्यस्तै बलिङतर्फ सोमपाल ९२ औँ र बसन्त ७४ औँ स्थानमा छन् । 

अन्तराष्ट्रिय प्रतियोगितामा खेलाडीले देखाएको प्रदर्शनका आधारमा आइसिसीले बरियता निर्धारण गर्छ । एक दिवसीय मान्यता पाएसँगै नेपाली खेलाडी पनि बरियतामा समावेश हुँदै आएका छन् ।

Share Your Thoughts

Recent News

Main News

Close in 7


Bizpati.com © 2020. All Rights Reserved