म्यानयु बिरुद्द चेल्सीको शानदार जित

मोहम्मद अज्मत अलि

मोहम्मद अज्मत अलि

Oct 24, 2016 | 08:28:01 AM मा प्रकाशित

laxmi  sunrise bank

म्यानचेस्टर युनाइटेड बिरुद्द चेल्सीले शानदार जित दर्ता गरेको छ। इन्ग्लिश प्रिमियर लिग अन्तर्गत गत राति घरेलु मैदानमा भएको खेलमा चेल्सीले भ्रमण टोलि म्यानचेस्टरलाई ४-० को फराकिलो अन्तरले पराजित गरेको हो। 

चेल्सीका पुर्व प्रशिक्षक जोसे मोरिन्होको टोलि युनाइटेडको नियन्त्रणमा बल रहेपनि गोल भने गर्न सकेन। चेल्सीको जितमा पेड्रो, ग्यारी काहिल, इडन हजार्ड र एनगोलो कान्टेले गोल गरे । पेड्रोले खेल सुरु भएको ३१ औं सेकेण्डमा गोल गर्दै चेल्सीलाई सुरुवाति अग्रता दिलाए । २१ औं मिनेटमा काहिलले गोल गरेपछि पहिलो हाफमा युनाइटेड २–० ले पछि पर्‍यो । दोस्रो हाफमा युनाइटेडले खेलमा फर्किने प्रयास गरेको थियो । तर ६२ औं मिनेटमा हजार्डले चेल्सीका लागि अर्को गोल गरे । त्यसको ८ मिनेटमापछि कान्टेले गोल गर्दै चेल्सीलाई ४–० को जित दिलाए ।

जितपछि चेल्सी ९ खेलबाट १९ अंक जोड्दै चौथो स्थानमा उक्लिएको छ । चेल्सीले शीर्ष तीन स्थानमा रहेका म्यानचेस्टर सिटी, आर्सनल र लिभरपुल भन्दा एक अंकले पछि छ । सिजनको झण्डै एक चौथाइ खेल सकिँदा युनाइटेड भने १४ अंकसहित सातौं स्थानमा छ । 

 

Share Your Thoughts

Recent News

Main News

TRENDING

Close in 7


Bizpati.com © 2020. All Rights Reserved