विश्व किर्तिमान बनाएका रोहितलाई प्रधानमन्त्रीको बधाई

बिजपाटी संवाददाता

बिजपाटी संवाददाता

Jan 27, 2019 | 11:21:57 AM मा प्रकाशित

laxmi  sunrise bank

प्रधानमन्त्री केपी शर्मा ओलीले सानो उमेरमा अर्धसतक बनाएर बिश्व किर्तिमान बनाएका रोहित कुमार पौडेललाई बधाई दिएका छन। प्रधानमन्त्री ओलीले आइतबार बिहान ट्विट गर्दै रोहितले पाएको सफलताले राष्ट्रलाई नै हर्षित बनाएको भन्दै बधाई दिएका हुन।    

'अन्तर्राष्ट्रिय क्रिकेटमा अर्धशतक बनाउने सबैभन्दा कम उमेरका खेलाडीको रेकर्ड कायम गर्न सफल भएकोमा रोहितकुमार पौडेललाई हार्दिक बधाई! अन्तर्राष्ट्रिय क्रिकेट जगतमा नेपाली युवाले पाएको यस सफलताले राष्ट्रलाई अत्यन्त हर्षित बनाएको छ।' प्रधामन्त्रीले ट्विट गरेका छन। 


युएईमा जारी नेपाल र यूएईबीचको पहिलो एकदिवसीय श्रृंखलाको दोस्रो खेलमा पौडेलले ५५ रन हानेका थिए। पौडेलले १६ वर्ष १४६ दिनको दिन उक्त रेकर्ड बनाएर यसअघिको किर्तिमान तोडेका हुन। अर्धसतकसँगै उनले एकदिवसीय अन्तर्राष्ट्रिय क्रिकेटमा कम उमेरमा अर्धसतक हान्ने पाकिस्तानका शाहिद अफ्रिदीको रेकर्ड तोडेका हुन्।

सन् १९९६ मा अफ्रिदीले श्रीलंका बिरुद्ध एकदिवसीय अन्तर्राष्ट्रियमा डेब्यू गर्दै शतक बनाएका थिए। उनले मात्र ४० बलमा ११ छक्का र ६ चौकासहित १०२ रन बनाएका थिए। त्यो बेला शाहिद अफ्रिदीको उमेर १६ वर्ष २१७ दिन थियो।

रोहितले क्रिकेटका महारथी सचिन तेंडूलकारको रेकर्ड तोड्दै यो उपाधि आफ्नो नाम गरेका हुन। सचिनले १६ बर्ष २१३ दिनको उमेर हुँदा पाकिस्तान बिरुद्दको खेलमा ५९ रन जोडेर अर्धसतक बनाउने पहिलो युवा खेलाडी बनेका थिए। त्यस्तै एकदिवसीय क्रिकेटमा पाकिस्तानका सहिद अफ्रिदीले १६ बर्ष २१७ दिनको उमेरमा ३७ बलमा श्रीलंका बिरुद्दको खेलमा अर्धसतक बनाएका थिए। 

रोहितले दुवैजनाको रेकर्ड तोड्दै उक्त किर्तिमान आफ्नो नाम गरेका छन। टिनएजमै किर्तिमान बनाएका रोहितले अर्को पुस्ताका खेलाडीमा रेकर्ड तोड्न हौसला बढाएका छन।      

गत अगस्ट २०१८ मा १५ बर्ष ३३५ दिनको उमेरमा अन्तराष्ट्रिय क्रिकेटमा डेब्यु गरेका रोहित किर्तिमानको नजिक पुगेका थिए। उक्त डेब्युबाट नै कान्छो उमेरमा अन्तराष्ट्रिय क्रिकेट खेल्ने चौथो खेलाडी बनेका थिए। 

सचिन र अफ्रिदीको रेकर्ड तोड्दै रोहितले बनाए बिश्व किर्तिमान

Share Your Thoughts

Recent News

Main News

Close in 7


Bizpati.com © 2020. All Rights Reserved