रङ्गशाला निर्माण हुने खुशियालीमा दीप प्रज्वलन

बिजपाटी संवाददाता

बिजपाटी संवाददाता

Jan 30, 2019 | 08:49:56 PM मा प्रकाशित

laxmi  sunrise bank

 चितवनमा अन्तर्राष्ट्रिय क्रिकेट रङ्गशाला निर्माण हुने खुशियालीमा दीप प्रज्वलन गरिएको छ । आज साँझ भरतपुरको चौबिसकोठीमा क्रिकेट समर्थक समाज र स्थानीय खेलप्रेमी युवाले दीप प्रज्वलन गरेका हुन् । गौतमबुद्ध अन्तर्राष्ट्रिय क्रिकेट रङ्गशाला निर्माण हुनु खुशीको कुरा भन्दै उनीहरुले रङ्गशाला निर्माणमा सहयोग गर्ने प्रतिबद्धता जनाएका छन् । 

क्रिकेट समर्थक समाजका सदस्य सञ्जय धरेलले भरतपुरमा रङ्गशाला निर्माणपछि चितवनलाई अन्तर्राष्ट्रियरुपमा चिनाउन र खेल क्षेत्रको विकासमा टेवा पुग्ने विश्वास व्यक्त गरे । विद्यार्थी नेता अशोक देवकोटाले भरतपुर महानगरको पहलमा निर्माण हुन लागेको रङ्गशाला समयमै निर्माण सम्पन्न गर्न युवा विद्यार्थीले सहयोग गर्ने प्रतिबद्धता जनाए । 

सो अवसरमा दिपावलीसँगै केक काटेर खुशियाली साटासाट गरिएको थियो । धुर्मुस सुन्तली फाउन्डेसन र भरतपुर महानगरबीच आज रङ्गशाला निर्माणका लागि जग्गाप्राप्तिसम्बन्धी काठमाडौँमा सम्झौता भएको हो ।

Share Your Thoughts

Recent News

Main News

Close in 7


Bizpati.com © 2020. All Rights Reserved