टी–२० विश्वकप छनौटको खेल तालिका सार्वजनिक, नेपालले कुन देश पायो प्रतिद्धन्दी ?

बिजपाटी संवाददाता

बिजपाटी संवाददाता

Mar 20, 2019 | 02:35:41 PM मा प्रकाशित

laxmi  sunrise bank

टी–२० विश्वकपको एशिया छनोट अन्तर्गतको अन्तिम चरणको खेल तालिका सार्वजनिक भएको छ । आगामी साउन ६ गतेदेखि १२ गतेसम्म सिङ्गापुरमा हुने खेलको तालिका अन्तर्राष्ट्रिय क्रिकेट परिषद् (आइसिसी) ले आज सार्वजनिक गरेको हो । 

एशिया छनोटको फाइनल चरणको प्रतियोगितामा नेपालले पहिलो प्रतिद्वन्द्वी कतार पाएको छ । नेपालले कतारसँग आगामी साउन ७ गते खेल्नेछ । त्यस्तै दोस्रो खेलमा मलेशियासँग साउन ९, कुबेतसँग साउन ११ र सिङ्गापुरसँग साउन १२ गते खेल्नेछ ।

एशिया छनोटबाट शीर्ष दुई टोलीले विश्वकपको ग्लोबल छनोटमा स्थान बनाउने छन् । ग्लोबल छनोट आगामी असोज १४ देखि कात्तिक १७ गतेसम्म युएइमा आयोजना हुनेछ ।

Share Your Thoughts

Recent News

Main News

TRENDING

Close in 7


Bizpati.com © 2020. All Rights Reserved