मलेशियाबिरुद्द नेपालको शानदार जित, बिश्वकपमा छनौट हुन अरु देश कै भर

बिजपाटी संवाददाता

बिजपाटी संवाददाता

Apr 15, 2019 | 11:22:48 AM मा प्रकाशित

laxmi  sunrise bank

 यू–१९ विश्वकप एक दिवसीय एशिया छनोट प्रतियोगितामा नेपालले दोस्रो जित हात पारेको छ छ। आज भएको आफ्नो तेसो खेलमा नेपालले मलेशियालाई ८ विकेटले पराजित गरेको हो । 

टस जितेर पहिले बलिंग गरेको नेपालले मलेशियालाई ३३.५ ओभरमा  ९२ रन मै अल आउट गरेको थियो । मलेशियालाई सस्तैमा समेट्न नेपालका लागि कुशल मल्ल र पवन शरफले समान ३-३ विकेट लिए । त्यस्तै कमल सिंह ऐरीले २ र सागर ढकालले एक विकेट लिए । 

९३ रनको बिजयी लक्ष्य नेपालले १३ ओभरमा ८ विकेट बाँकि छदै पुरा गर्यो । नेपालको लागि रित हौतमले सर्बाधिक ३९ रन, पवन सरफले १९ रन, आशिफ शेखले २६ रन बनाए । एक मात्र बल खेलेका रोहित कुमार पौडेलले छक्का प्रहार गर्दै बिजयी रन बटुलेका थिए । 

यस अघि नेपालले सिंगापुरलाई पराजित गरेको थियो भने युएईसंग डिलएल मेथडको आधारमा १ रनले पराजित भएको थियो । युएईसंगको हारले नेपालको छनौट हुने सम्भावनामा धक्का परेको छ । नेपालले अबका बाँकि सबै खेल जितेपनि युएईलाई अन्य कुनै देशले पराजित नगरेसम्म नेपालको छनौट हुन सक्ने छैन । हाल युएईको ३ खेलबाट ६ अंक छ भने नेपालको समान खेलबाट ४ अंक छ । 

प्रतियोगितामा नेपालसहित टेष्ट नखेल्ने एशियाका छ राष्ट्रले सिङ्गल राउण्डमा प्रतिस्पर्धा गर्नेछन् र अङ्क तालीकामा शीर्षस्थानमा रहने एक टोली २०१९ जनवरीमा दक्षिण अफ्रिकामा हुने यू–१९ विश्व कपमा पुग्नेछ । छनोटमा नेपालसहित मलेशिया, संयुक्त अरब इमिरेट्स (युएई), सिङ्गापुर, कुबेत र ओमान भिड्दैछन् । नेपालले मङ्गलबार ओमान र विहीबार कुवेतसँग खेल्दै यस प्रतियोगिता सकाउनेछ । 

Share Your Thoughts

Recent News

Main News

Close in 7


Bizpati.com © 2020. All Rights Reserved