आईपीएल खेलिरहेका सन्दिप अचानक नेपालमा

बिजपाटी संवाददाता

बिजपाटी संवाददाता

Apr 25, 2019 | 09:25:27 AM मा प्रकाशित

laxmi  sunrise bank

भारतमा जारी इन्डियन प्रिमियर लिग (आइपीएल) खेलिरहेका सन्दिप लामिछाने अचानक काठमाडौँ आएका छन्  । आईपीएल चलिरहेका बेला उनी बुधबार नेपाल आएका हुन् ।

व्यक्तिगत कामका लागि उनी नेपाल आएका हुन् । स्रोतका अनुसार उनी युरोप्को लागि भिषा प्रक्रिया नेपाल आएका हुन् । उक्त काम सकिना साथ उनी दिल्ली फर्कने छन् । 

यद्यपि नेपालमा हुँदा उनले कुनै पनि खेल छुटाउने छैनन । सन्दिप आवद्द दिल्ली क्यापिटलको अर्को खेल आगामी आइतबार मात्र छ । त्यस अगाडी नै सन्दिप दिल्ली पुग्ने छन । खेल नभएको मौका पारेर सन्दिप व्यक्तिगत कामको लागि नेपाल आएका हुन् ।

यस सिजनमा सन्दिपले ५ खेलबाट ८ विकेट लिएका छन् ।  

Share Your Thoughts

Recent News

Main News

Close in 7


Bizpati.com © 2020. All Rights Reserved