प्लेअफ नजिक दिल्ली, आजको खेलमा सन्दिप खेल्ने सम्भावना कति ?

बिजपाटी संवाददाता

बिजपाटी संवाददाता

Apr 28, 2019 | 12:16:44 PM मा प्रकाशित

laxmi  sunrise bank

भारतमा जारि इन्डियन प्रिमियर लिग आईपीएलमा सन्दिप लामीछाने आवद्द दिल्ली क्यापिटलले आज आफ्नो १२ औ खेल खेल्दै छ  । दिल्लीले आफ्नै घरेलु मैदानमा बैंगलोरको सामना गर्न लागेको हो  

११ खेलमा  ७ जित हात पारेको दिल्ली १४ अंक सहित अंक तालिकाको तेस्रो स्थानमा छ  । आजको खेलमा जित हात पारे दिल्लीले प्ले अफमा स्थान पक्का गर्नुको साथै अंक तालिकाको शिर्ष स्थानमा उक्लने छ  । हालसम्म १६ अंक बटुलेको चेन्नईले मात्र प्ले अफमा स्थान पक्का गरिसकेको छ  

यस अघिको खेल मौका नपाएका सन्दिपले आजको खेलमा मौका पाउने सम्भावना अधिक छ  । यस अघि दिल्लीको घरेलु मैदानमा भएको खेलमा सन्दिपले पन्जाब बिरुद्द ३ विकेट लिएका थिए  । जसमा उनले क्रिस गेलको विकेट पनि लिन सफल भएका थिए  । 

दिल्लीको आधिकारिक वेबसाइटले सम्भावित एघारमा सन्दिपको नाम समाबेश गरेको छ  । त्यस्तै ईएसपिएन क्रिकइन्फोनले पनि सन्दिपलाई सुरुवाती ११ मै समाबेश गरेको छ  । सन्दिपको यस अघिको प्रदर्शन र दिल्लीको स्पिन मैत्री मैदानका कारण पनि आज सन्दिपले खेल्ने सम्भावना अधिक छ  ।

आजको खेलमा पराजित भए बैंगलोरको प्ले अफ पुग्ने संभवाना लगभग समाप्त हुने छ । यो खेल नेपाली समय अनुसार दिउँसो  ४:१५ बजे सुरु हुनेछ  । 

Share Your Thoughts

Recent News

Main News

Close in 7


Bizpati.com © 2020. All Rights Reserved