एमबाप्पेमाथि तीन खेलको प्रतिबन्ध, गोल्डेन बुटका लागि मेस्सी एक्ला दाबेदार

बिजपाटी संवाददाता

बिजपाटी संवाददाता

May 04, 2019 | 01:42:29 PM मा प्रकाशित

laxmi  sunrise bank

फ्रान्सेली क्लब पिएसजीका खेलाडी केलिएन एमबाप्पेलाई तीन खेलको प्रतिबन्ध लागेको छ । केही दिन अगाडि सम्पन्न फ्रेन्च कप फाइनलमा रातो कार्ड पाएर मैदान बाहिर पुगेका एमबाप्पेलाई फ्रेन्च फुटबल फेडेरेसनले अनुशासन सम्बन्धी दण्ड स्वरुप ३ खेलको प्रतिबन्ध लगाएको हो ।

जसमध्ये एमबाप्पेले एक खेल गुमाइसकेका छन् । उनले अझै २ खेल गुमाउनेछन्। एमबाप्पेले यसै महिनाको १८ तारिखमा डिजोन र २५ तारिखमा स्टेड रेम्ससँगको खेलमात्र खेल्नेछन् ।

एमबाप्पेलाई खेलमा प्रतिबन्ध लागेसँगै मेस्सीले गोल्डेन बुट जित्ने संभावना उच्च भएर गएको छ । ला लिगामा तीन खेल खेल्न बाँकी मेस्सीले ३४ गोल गरेका छन् । २ खेल खेल्न बाँकी एमबाप्पेको ३० गोल छ ।

यसपटकको गोल्डेन बुट जिते मेस्सीले आफ्नो छैठौं युरोपियन गोल्डेनबुट जित्नेछन् । मेस्सी हालका समेत किर्तिमानी खेलाडी हुन् । उनले ५ गोल्डेन बुट जित्दा रोनाल्डोको ४ गोल्डेन बुट छ । 

एजेन्सी

Share Your Thoughts

Recent News

Main News

TRENDING

Close in 7


Bizpati.com © 2020. All Rights Reserved