कोपा अमेरिकाः नेमार बिनाको ब्राजिललाई अर्जेन्टिनाले रोक्ला ?

बिजपाटी संवाददाता

बिजपाटी संवाददाता

Jul 02, 2019 | 08:40:15 AM मा प्रकाशित

laxmi  sunrise bank

कोपा अमेरिका फुटबल प्रतियोगीताको सेमिफाइनलका खेल आजबाट सुरु हुँदैछन् । पहिलो सेमिफाइनलमा ब्राजिल र अर्जेन्टिना भिड्दैछन् । दुवै टिमलाई उपाधि दावेदारका रुपमा हेरिएको छ । 

स्टार नेमार बिना नै मैदान उत्रन लागेको घरेलु टिम ब्राजिललाई अजेन्टिनालाई रोक्न निकै कसरत गर्नुपर्ने देखिन्छ । आजको खेलमा सबैको नजर अर्जेन्टिनी स्टार मेस्सीतिरै हुनेछ । 

अर्जेन्टिना अर्जेन्टिनाले भेनेजुएलालाई २–० गोल अन्तरले पराजित गर्दै सेमिफाईनलमा प्रवेश गरेको हो भने ब्राजिलले टाईब्रेकरमा पाराग्वेलाई ४–३ ले हराउँदै सेमिफाईनल यात्रा तय गरेको हो । अर्जेन्टिना र ब्राजिलबीचको खेल बिहान ६ः१५ देखि सुरु हुँदैछ ।

जुलाई ३ मा हुने दोस्रो सेमिफाईनलमा चिली र पेरुबीच प्रतिस्पर्धा हुनेछ । 

Share Your Thoughts

Recent News

Main News

Close in 7


Bizpati.com © 2020. All Rights Reserved