विश्वकप छनौटमा नेपालको लज्जास्पद हार

बिजपाटी संवाददाता

बिजपाटी संवाददाता

Sep 06, 2019 | 06:21:24 AM मा प्रकाशित

laxmi  sunrise bank

सन् २०२२ मा कतारमा आयोजना हुने फिफा विश्वकपको छनौट चरणको खेलमा नेपालले लज्जास्पद हार बेहोरेको छ । कुवेतको घरेलु मैदानमा  बिहिबार बेलुका भएको खेलमा नेपालले कुवेतसँग ७-० गोल अन्तरको लज्जास्पद हार बेहोरेको हो ।

नेपालले खेल सुरु भएको १३ मिनेटमै दुई गोल खाएको थियो । पहिलो हाफमा दुई गोलले पछि परेको नेपालले दोस्रो हाफमा पाँच गोल खायो । फिफा वरियतामा नेपालभन्दा कुवेत चार स्थान माथि छ । तर नेपालले अहिलेसम्म कुवेतलाई हराउन सकेको छैन ।

समूहको अर्को खेलमा जोर्डनले चाइनिज ताइपेईलाई २–१ गोलले पराजित गरेको छ । पाँच टोली सम्मिलित समूह ‘बी’ मा नेपाल, कुवेत, अष्ट्रेलिया, चाइनिज ताइपेई र जोर्डन रहेका छन् । छनोट खेलहरु होम एन्ड अवेका आधारमा खेलिने छ । नेपालले अब अर्को खेलमा मंगलबार चाइनिज ताइपेईसँग उसैको मैदानमा खेल्नेछ । मंगलबारनै अर्को खेलमा कुवेत र अष्ट्रेलिया भिड्नेछन् ।

Share Your Thoughts

Recent News

Main News

Close in 7


Bizpati.com © 2020. All Rights Reserved