यु १९ एसिया कप क्रिकेट: नेपालद्वारा बंगलादेशसामु २६२ रनको लक्ष्य

बिजपाटी संवाददाता

बिजपाटी संवाददाता

Sep 08, 2019 | 11:29:09 AM मा प्रकाशित

laxmi  sunrise bank

एसीसी अन्डर १९ एसिया कप क्रिकेटमा नेपालले बंगलादेशलाई २६२ रनको लक्ष्य दिएको छ । टस हारेर ब्याटिङको निम्तो पाएको नेपालले निर्धारित ५० ओभरमा ८ विकेटको क्षतिमा २६१ रन बनाएको हो । 

नेपालका लागि पवन शर्राफ र सन्दीप जोराले अर्धशतक बनाए । शरार्फले १११ बलमा ८ चौका र १ छक्काको मद्दतमा सर्वाधिक ८१ रन बनाए । सन्दीप जोराले विष्फोटक ब्याटिङ गर्दै ३७ बलमा ३ चौका र ३ छक्काको मद्दतमा ५६ रन जोडे । ओपनर रित गौतमले ३ चौका र एक छक्का हिर्काउँदै ३२ रन बनाउादा कुशल मल्लले २८ तथा भीम सार्कीले २१ रन जोडे । 

प्रतियोगितामा नेपालको यो दोस्रो खेल हो । पहिलो खेलमा नेपाल श्रीलङ्कासँग पराजित भएको थियो ।

Share Your Thoughts

Recent News

Main News

TRENDING

Close in 7


Bizpati.com © 2020. All Rights Reserved