बिजपाटी सम्बाददाता     Nov 11, 2019 | 02:43:43 PM



सन् २०२२ मा कतारमा आयोजना हुने विश्वकप फुटबलको छनौट चरणको नेपाल र कुवेतबीचको खेल भुटानमा हुने पक्का भएको छ । अखिल नेपाल फुटबल संघ (एन्फा)ले सोमबार उक्त खेल भुटानको चाङ्गलिमिथाङ्ग रंगशालामा हुने निश्चित भएको जनाएको छ । 

दोस्रो लेगको खेल नेपालले घरेलु मैदान दशरथ रङ्शालामा खेल्ने भनिएपनि रङ्गाशाला अन्तराष्ट्रिय मापदण्डअनुसार तयार भईनसकेका कारण उक्त खेल भुटानको राजधानी थिम्पुस्थित चाङ्गलिमिथाङ्ग रंगशालामा मसिंर ३ गते हुने भएको हो ।

कुवेतमा भएको पहिलो लेगमा नेपालले ७-० को हार व्यहोरेको थियो । 

Share your thoughts!

बिजपाटी सम्बाददाता

नेपालको आर्थिक अनलाइन पत्रिका












Close in 7