बोलोन डी’ओरमा रोनाल्डोलाई नेपालबाट १ अंक मात्रै, पहिलो रोजाईमा भर्जिल

बिजपाटी संवाददाता

बिजपाटी संवाददाता

Dec 04, 2019 | 04:16:14 PM मा प्रकाशित

laxmi  sunrise bank

अर्जेन्टिनी फुटबल स्टार लियोनल मेसीले छैटौँ पटक बोलोन डी’ओर अवार्ड जितेका छन् । लिभरपुलका भर्जिल भान डिजेक पोर्चुगिज स्टार क्रिस्टियानो रोनाल्डोलाई पछि पार्दै मेसीले उपाधि जितेका हुन्। यस संगै मेसीले सबैभन्दा धेरै यो उपाधि जित्ने कीर्तिमान समेत बनाएका छन्। रोनाल्डोले पाँच पटक यो उपाधि जितेका छन् ।

मेसीले ६ सय ८६ अंक पाएका थिए भने दोस्रो स्थानमा रहेका  लिभरपुलका भर्जिल भान डिजेकले ६७९ अंक पाए।  रोनाल्डो ४७६ अंक पाउदै तेस्रो स्थानमा रहे । विजेता छान्नलाई विश्वभरका खेल पत्रकारले गरेको भोट गरेका हुन् । नियम अनुसार एउटा देशबाट एक खेल पत्रकारले मात्र भोट गर्न पाउने ब्यबस्था थियो । भोट गर्दा खेल पत्रकारले ५ जनाको नाममा दिनु पर्थ्यो । पहिलो नम्बरमा नाम पर्दा खेलाडीलाई ६ अंक आउथ्यो भने दोस्रो नम्बरमा नाम पर्दा ४ अंक आउंथ्यो । त्यस्तै तेस्रो, चौथो र पाचौ स्थानमा परेका खेलाडीले क्रमश ३ , २ र १ अंक पाउंथे ।

अवार्ड घोषणापछि आयोजकले कुन देशका खेल पत्रकारले कसलाई भोट गरे भन्ने पनि सार्वजनिक गर्ने गरेको छ । जस अनुसार नेपालबाट कान्तिपुर दैनिकका खेल पत्रकार राजु घिसिङ तामाङले भोट गरेका थिए । उनले पहिलो नम्बरमा भर्जिल भान डिजेलाई राखेका थिए । अर्थात् उनले भर्जिललाई ६ अंक दिए भने दोस्रो नम्बरमा मेसीलाई ४ अंक दिए  । त्यस्तै उनले सेनेगलका सडियो मानेलाई ३ अंक दिए  । माने लिभरपुलबाट खेल्ने गरेका छन् । त्यस्तै तामाङले बार्सिलोना कै डे जोंगलाई २ अंक दिए भने रोनाल्डोलाई पाचौ नम्बरमा राख्दै १ अंक मात्र दिए । 

Share Your Thoughts

Recent News

Main News

Close in 7


Bizpati.com © 2020. All Rights Reserved